अन्य

रामेछाप नगरपालिकाले गर्यौ जिल्लाको नाम चम्काउनेलाई सम्मान

रामेछाप । जिल्लाको नाम चम्काएको भन्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) जिल्ला शाखा रामेछाप र किशोरी कार्कीलाई रामेछाप नगरपालिकाले सम्मान गरेको छ ।
गत शनिवार देशभरि कै ‘उत्कृष्ट जिल्ला शाखा’ घोषित हुँदै पुरस्कृत भएको राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) जिल्ला शाखा रामेछाप र मखमली फाउन्डेसनले आयोजना गरेको राष्ट्र व्यापी नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी कार्कीलाई रामेछाप नगरपालिकाले सम्मान गरेको हो ।
शुक्रवार नगरले आयोजना गरेको गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रगति र चालु आर्थिक वर्ष २०८१÷०८२ को प्रथम चौमासिक समीक्षा कार्यक्रमको अवसरमा नगरपालिकाले सम्मान पत्रसहित एनएफपिजे जिल्ला शाखा रामेछापलाई सम्मान गरेको हो । नगरले समूहलाई प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेसहितको पत्रकारहरू, नगर प्रमुख लवश्री न्यौपाने, उप–प्रमुख बालाकुमारी कार्की (थापा), कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का (कार्की प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँ, नगर प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष समीर कार्कीसहित ९ वटै वडाका अध्यक्षहरूको उपस्थितिमा समूहका जिल्ला अध्यक्ष मिलन बि.क (घिमिरे) लाई दोसल्ला ओढाएर नगरले सम्मान पत्र प्रदान गरेको थियो । नगरपालिकाको वडा नं १ गोठगाउँ निवासी किशोरी कार्कीलाई पनि प्रमाणपत्र र नगद २० हजारसहित सम्मान गरेको छ ।

Shares:

Related Posts

अन्य

चिकित्सालयले नागरिकको विश्वास बढ्दो देखिए पछि भौतिक पूर्वाधार अभावमा मन्थली अस्पतालको पुरानो भवनबाट सेवा दिने

रामेछाप । आर्थिक वर्ष २०८०÷८१ मा ३० हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले अब मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गर्दैछ। नागरिकको विश्वास बढ्दो देखिएसँगै चिकित्सालयले
अन्य

हप्ताको सोमबार नियमित रूपमा निःशुल्क होलबडि जाँच

रामेछाप । रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीमा हरेक हप्ताको सोमबार नियमित रूपमा निःशुल्क होलबडि जाँच हुने गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकताको सो कार्यक्रम मुख्यमन्त्री
अन्य

सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको सेवा आब आफ्नै नयाँ भवन बाट

रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछापको भवन उद्घाटन भएको छ । तामाकोसी सेवा समिति परिसरमा निर्माणाधिन भवन भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्ड र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको
अन्य

विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।शनिबार साँझ विद्युत सर्ट भएर

Leave a Reply

Your email address will not be published. Required fields are marked *