समाचार

५ म्याग्निच्युडको भूकम्प धक्का, रुकुम पूर्वको कोल केन्द्रविन्दु

काठमाडौँ । रुकुम पूर्वको कोल क्षेत्रलाई केन्द्रविन्दु बनाएर आइतबार साँझ मध्यम रगतिको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेट जाँदा ५।० म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका भूगर्भविदहरूका अनुसार भूकम्पको स्थानीय मापन ९एमएल० ५।० रेकर्ड गरिएको छ । भूकम्पको कडा धक्का रुकुम पूर्वसहित लुम्बिनी र कर्णाली प्रदेशका आसपासका हिमाली तथा पहाडी जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

विशेष गरी छिमेकी जिल्लाहरू रोल्पा, दाङ, अर्घाखाँची, बागलुङ र रुकुम पश्चिमसम्म भूकम्पको धक्का पुगेको स्थानीय बासिन्दाले बताएका छन् । साँझको समयमा जमिन एकाएक हल्लिएपछि त्रसित बनेका स्थानीयहरू घरबाहिर निस्किएका थिए ।

भूकम्पका कारण हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ । केन्द्रविन्दु आसपासका स्थानीय प्रशासन र प्रहरी चौकीहरू मार्फत क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ ।

नेपालको हिमाली तथा पहाडी भूभाग भूकम्पीय जोखिमका हिसाबले संवेदनशील क्षेत्र मानिने भएकाले केन्द्रले स्थानीय बासिन्दालाई सतर्क रहन र पराकम्प आउन सक्ने सम्भावनाप्रति सचेत हुन आग्रह गरेको छ ।

Shares:

Related Posts

समाचार

लायन्स क्लबले दियो, पहिरो पिडीतलाई राहत

रामेछाप । मानव सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले रामेछाप जिल्लाका दोरम्वा गाउँपालिकाका पहिरो पीडितहरुका लागि राहत सामाग्री प्रदान गरेको छ ।रामेछाप उद्योग वाणिज्य सङ्घ सँगको समन्वयमा संस्थाले सोमबार
समाचार

शिक्षक बचतको तेह्रौँ साधारण सभा सम्पन्न

रामेछाप पुस २१ । शिक्षक बचत तथा ऋण सहकारी संस्थाको तेह्रौँ साधारण सभामा शनिवार मन्थलीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लक्ष्मण कुमार घिमिरेको अध्यक्षता एवं जिल्ला सहकारी संघ रामेछापका
समाचार

रामेछाप नगरपालिकाकोे आर्थिक वर्ष २०८१÷८२ मा बजेट खर्च ८३ प्रतिशत

रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा आफ्नो कुल बजेटको ८३.०७ प्रतिशत मात्रै खर्च गरेको छ। आइतबार नगरपालिकाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो। नगरपालिकाका
समाचार

बृहत् रामेछाप महोत्सव ११ लाख बढी घाटामारामेछाप । रामेछाप उद्योग वाणिज्य संघ मन्थली ११ लाख बढी घाटामा रहेको छ । संघले गत पुष २६ देखि माघ ७ गते सम्म आयोजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *