समाचार

तामाकोसी इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल दिपककुमार खड्का विभूषित

रामेछाप । काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबको हल गर्मीका बीच पनि असार १३ गते एउटा फरक ऊर्जाले गुञ्जायमान थियो। देशभरिका शिक्षाप्रेमी, बौद्धिक व्यक्तित्व र वरिष्ठ स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको उक्त समारोहमा रामेछाप जिल्लाको नाम गर्वका साथ उच्चारण गरियो।
अवसर थियो, फोकस नेपालद्वारा आयोजित “शिक्षा क्षेत्रका समस्या र समाधानका उपायहरू विषयक विचार गोष्ठी, राष्ट्रिय शिक्षा सम्मान प्रदान तथा विशेष सांस्कृतिक समारोह“।
‘समृद्धिका लागि सामाजिक अभियान’ भन्ने आदर्श वाक्य बोकेको फोकस नेपालले यो वर्षको प्रतिष्ठित ’राष्ट्रिय शिक्षा सम्मान २०८३’ बाट रामेछापको मन्थली नगरपालिका वडा नं. १ मा अवस्थित तामाकोसी इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल दिपककुमार खड्कालाई विभूषित ग¥यो।
कुनै पनि सम्मान हठात् वा संयोगले मात्र प्राप्त हुँदैन, यसको पछाडि वर्षौँको कडा साधना, समर्पण र एउटा सिंगो टिमको रगत–पसिना बगेको हुन्छ। प्रिन्सिपल खड्काले पुलिस क्लबको मञ्चमा पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्री एवं वर्तमान संघीय प्रतिनिधि सभा सदस्य माननीय अर्जुन नरसिंह के.सी. को हातबाट सम्मान ग्रहण गरिरहँदा, त्यो केवल एउटा व्यक्तिको सम्मान मात्र थिएन; सिंगो रामेछापवासीको शिर उँचो भएको क्षण थियो।
यो सम्मानको मुख्य कडी थिय, भर्खरै सार्वजनिक भएको एसइइ २०८२ को ऐतिहासिक र अद्वितीय परीक्षाफल। तामाकोसी इङलिस बोर्डिङ स्कुलबाट एसइइ २०८२ मा सहभागी भएका शतप्रतिशत (१००%) विद्यार्थीहरू उत्तीर्ण मात्र भएनन्, बरु ग्रामीण वा अर्ध–सहरी क्षेत्रका विद्यालयहरूका लागि ’मृगतृष्णा’ जस्तै मानिने ४.० जि.पि.ए. ल्याउन १० जना विद्यार्थीहरू सफल भए।
काठमाडौँका रैथाने र महँगा कर्पोरेट स्कुलहरूलाई समेत माथ दिँदै रामेछापको माटोमा उम्रेका रैथाने प्रतिभाहरूले ल्याएको यो नतिजा आफैँमा एक क्रान्ति थियो। यही अभूतपूर्व नतिजा र मोफसलमा बसेर गुणस्तरीय शिक्षामा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै खड्कालाई राष्ट्रिय मञ्चमा अभिनन्दित गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि माननीय अर्जुन नरसिंह के.सी.ले खड्कालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्दा हल तालीको गडगडाहटले भरिएको थियो। प्रमुख अतिथि के.सी. ले आफ्नो मन्तव्यका क्रममा नेपालको वर्तमान शिक्षा नीतिमा सुधारको खाँचो औंल्याउँदै तामाकोसी स्कुल जस्ता संस्थाहरूले राज्यलाई नै नयाँ मार्गचित्र देखाएको उल्लेख गरे।
“जब मोफसलको एउटा कुनाबाट १० जना विद्यार्थीले ४.० जिपिए ल्याउँछन्, तब प्रमाणित हुन्छ कि साधन र स्रोत भन्दा ठूलो कुरा इच्छाशक्ति र सही नेतृत्व हो। दिपककुमार खड्काजीले मन्थलीमा बसेर जे गर्नुभयो, त्यो देशैभरिका शिक्षक र प्रधानाध्यापकहरूका लागि प्रेरणाको स्रोत हो,“ प्रमुख अतिथि के.सी. ले भने।
कार्यक्रममा शिक्षा क्षेत्रका समसामयिक समस्या, नीतिगत जटिलता र तिनका व्यावहारिक समाधानका उपायहरूबारे घनीभूत विचार गोष्ठी समेत भएको थियो। गुणस्तरीय शिक्षा केवल सहरको पेवा होइन र यसलाई गाउँ–गाउँसम्म पु¥याउन निजी र सरकारी क्षेत्रबीच सहकार्य हुनुपर्ने निष्कर्ष गोष्ठीले निकालेको थियो।
तामाकोसी इङलिस बोर्डिङ स्कुललाई यो उचाइसम्म पु¥याउने सारथि हुन् प्रिन्सिपल दिपककुमार खड्का। शिक्षालाई केवल किताबी ज्ञान र रटन्ते विद्यामा मात्र सीमित राख्नु हुँदैन भन्ने मान्यता राख्ने खड्का एक कुशल प्रशासक र प्रखर शिक्षाविद्का रूपमा चिनिन्छन्।
उनको नेतृत्वमा विद्यालयले केवल नतिजा मात्र राम्रो ल्याएको छैन, विद्यार्थीहरूको चौतर्फी व्यक्तित्व विकास, अनुशासन र संस्कारयुक्त शिक्षामा समेत जोड दिँदै आएको छ। एसइइ २०८२ मा शतप्रतिशत नतिजा आउनु र १० जनाले पूर्ण जिपिए प्राप्त गर्नुमा खड्काले लागू गरेको विशेष शिक्षण विधि, अतिरिक्त कक्षाहरू, र विद्यार्थीहरूको मानसिक मनोबल उच्च राख्ने परामर्श नै मुख्य हतियार बनेको स्थानीय अभिभावकहरू बताउँछन्।
“यो सम्मान मेरो एक्लो प्रयासको फल होइन। यो त हाम्रा अहोरात्र खट्ने शिक्षक शिक्षिकाहरू, उज्यालो भविष्यको सपना बुन्ने प्यारा विद्यार्थीहरू, र हामीलाई विश्वास गर्ने आदरणीय अभिभावकहरूको सामूहिक पसिनाको प्रतिफल हो। राष्ट्रिय शिक्षा सम्मान २०८३ ले मलाई र मेरो संस्थालाई थप जिम्मेवार बनाएको छ।“ खड्काले भने ।
तामाकोसी नदीको तिरमा अवस्थित मन्थली बजारबाट सुरु भएको यो शैक्षिक यात्रा आज देशको राजधानीसम्म पुगेर सम्मानित भएको छ। एउटा विद्यालयले दृढ संकल्प गर्ने हो भने देशको शैक्षिक परिदृश्यलाई कसरी बदल्न सक्छ भन्ने गतिलो उदाहरण तामाकोसी स्कुल बनेको छ।
राष्ट्रिय शिक्षा सम्मान २०८३ बाट सम्मानित प्रिन्सिपल दिपककुमार खड्का र उनको सम्पूर्ण तामाकोसी परिवारलाई यो ऐतिहासिक गौरव र सफलताका लागि हार्दिक बधाई! आगामी दिनमा यो संस्थाले अझ धेरै कीर्तिमान कायम गरोस् र नेपाली शिक्षाको आकाशमा एउटा बलियो खम्बा बनेर उभिरहोस्, यही शुभकामना।

Shares:

Related Posts

समाचार

धूमधामले मनाइँदै लदिपुजा

रामेछाप । कोसी पूजा अर्थात् लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष
समाचार

बीपी स्मृतिमा कांग्रेसभित्रै फरक चुलीस् गगनले सुरु गरे ुग्रीन रनु, संस्थापनइतरको प्रज्ञामा छुट्टै भेला

काठमाडौं — नेपाली कांग्रेसका संस्थापक एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा मंगलबार पार्टीभित्र फरक–फरक दृश्य र गतिविधि देखिएका छन्। एकतर्फ महामन्त्री गगनकुमार थापाले ललितपुरको यूएन
समाचार

रामेछाप नगरपालिकाको १६ औँ नगरसभा सम्पन्न वित्तीय प्रगति १८.४ प्रतिशत

रामेछाप । रामेछाप नगरपालिकाको चालु आर्थिक वर्ष २०८१÷८२ मा चालु तर्फ रु ५१ करोड ३७ लाख ३ हजार ७ सय २३ र पुँजीगत तर्फ रु २५ करोड २१ लाख ६५
समाचार

अफिम खेती गर्ने दुई महिला पक्राउ

रामेछाप । जिल्लाको सुनापति गाउँपालिका– ३ मा (लागु औषध) अफिमको खेती गर्दै आएका दुई महिलालाई जिल्ला प्रहरी कार्यालय रामेछापले गत २५ गते पक्राउ गरेको हो । सुनापती गाउँपालिकामा ६ रोपनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *