अन्य

स्कुटरको ठक्करबाट एउटा जंगली मृगको घटनास्थलमै मृत्यु २ जना घाइते

रामेछाप । जिल्लाको मन्थली नगरपालिका–१ मच्छेडाँडीस्थित मन्थली–सालु- देउराली भित्री सडक खण्डमा सोमबार बिहान स्कुटरको ठक्करबाट एउटा जंगली मृगको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परि स्कुटरमा सवार दुई जना घाइते भएका छन्।
मच्छेडाँडीबाट मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०६७ प १६२३ नम्बरको स्कुटरअघि एक्कासि मृग आएपछि अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परी स्कुटर चालक रामेछाप नगरपालिका–८ सल्लेका १८ वर्षीय सन्जिब तामाङ र पछाडि सवार सोही ठाउँका १० वर्षीय जेसीज तामाङ घाइते भएका छन्। चालक तामाङको बायाँ हातको कुहिनो र दुवै खुट्टामा सामान्य चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको छ। पछाडि सवार १० वर्षीय जेसीज तामाङको पेट र टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। मन्थली अस्पतालमा उपचार पछि थप उपचारको लागि १० वर्षीय जेसीज तामाङलाई काठमाडौ लगिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापबाट करिब २ किलोमिटर पूर्व-दक्षिणमा पर्ने घटनास्थलमा खबर प्राप्त हुनासाथ प्रहरी वरिष्ठ हवल्दार रामदिनेश राय यादवको कमाण्डमा टोली खटिएर दुर्घटनास्थल सुरक्षित राखेको थियो।
करिब २० किलोग्राम तौल भएको मृत मृगको व्यवस्थापनका लागि डिभिजन वन कार्यालय रामेछापको टोलीसमेत घटनास्थल पुगिसकेको छ। दुर्घटनाग्रस्त स्कुटरलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Shares:

Related Posts

अन्य

डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान रामेछाप बजारमा सम्पन्न

रामेछाप । डेँगी रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर अभियान अन्तर्गत रामेछाप बजार सरसफाई कार्यक्रम आज (शुक्रबार) गरिएको छ ।रामेछाप नगरपालिका वडा न. ८ स्थित सहिद स्मृति चोक
अन्य

चिकित्सालयले नागरिकको विश्वास बढ्दो देखिए पछि भौतिक पूर्वाधार अभावमा मन्थली अस्पतालको पुरानो भवनबाट सेवा दिने

रामेछाप । आर्थिक वर्ष २०८०÷८१ मा ३० हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले अब मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गर्दैछ। नागरिकको विश्वास बढ्दो देखिएसँगै चिकित्सालयले
अन्य

शिविरमा ११९ जनाले लिए सेवा

रामेछाप । तामाकोशी अस्पताल मन्थलीमा मुटुको इको र पेट सम्बन्धी इन्डोस्कोपी स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार (२४ गते ) भएको स्वास्थ्य शिविरमा मुटुको इको ७७ जना र पेट
अन्य

रामेछाप नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिक अवधिमा १५.६१ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट ७६ करोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *