समाचार

उपनिर्वाचन ः आज मनोनयन दर्ता
काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनय दर्ताको सम्पूर्ण तयारी पूरा भएको आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यलय स्थापन भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता अर्यालले जानकारी दिइन् । मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।


Shares:

Related Posts

समाचार

जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष महत दुरागाउँमा, जनता भए खुशी

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय
समाचार

एसइई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन गर्ने

रामेछाप पौष १८ । जिल्लाको उमाकुण्ड गाउँपालिकाले एसइई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन गर्ने बताएको छ । गाउँपालिकाका माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूको संयुक्त बैठक प्रश्चात
समाचार

स्थानिय कच्चा पदार्थ प्रयोग गर्दै, दुना टपरी बनाउन सिकाउँदै रामेछाप नगरपालिका

रामेछाप । पछिल्लो समय लोप हुँदै गएको दुना–टपरी गाँस्ने प्रशिक्षण पनि दिइन्छ भन्दा अनौठो लाग्न सक्छ । यद्यपि रामेछाप नगरपालिकाले दुना–टपरी गाँस्न सिकाउन तालिम नै संचालन गरेको छ । सालको पातबाट बनाइने
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा ठगी गर्ने भगवान कार्कि पक्राउ

रामेछाप, भदौ १४ । बाढी प्रभावितका लागि राहत संकलन गर्ने बहानामा कृत्रिम बौद्धिकता (Chat GPT) को प्रयोग गरी नक्कली बैंक स्टेटमेन्ट बनाएर रकम ठगी गर्न खोज्ने एक युवकलाई रामेछाप प्रहरीले

Leave a Reply

Your email address will not be published. Required fields are marked *