अन्य

चिकित्सालयले नागरिकको विश्वास बढ्दो देखिए पछि भौतिक पूर्वाधार अभावमा मन्थली अस्पतालको पुरानो भवनबाट सेवा दिने

रामेछाप । आर्थिक वर्ष २०८०÷८१ मा ३० हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएको रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले अब मन्थली अस्पतालको पुरानो भवनबाट सेवा विस्तार गर्दैछ। नागरिकको विश्वास बढ्दो देखिएसँगै चिकित्सालयले भौतिक पूर्वाधार अभावकै बीच सेवा विस्तारको पहल थालेको हो।
बिहीबार मन्थलीमा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा चिकित्सालयका अध्यक्ष नवराज पथिकले अस्पतालको पुरानो भवनबाटा असार २५ गतेदेखि सेवा सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । “त्यस दिन रामेछाप जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुँदैछ र बागमती प्रदेशका स्वास्थ्य मन्त्रीको पनि आगमन हुने भएकाले, सोही दिन नयाँ स्थानबाट सेवा शुभारम्भको योजना छ,” उनले भने ।
मन्थली नगरपालिकाले हालको लागि अस्पतालको खाली भवन प्रयोग गर्न स्वीकृति दिएको र अहिले सरसफाइ तथा विद्युतीय वायरिङको काम भइरहेको अध्यक्ष पथिकले बताए। हाल चिकित्सालयसँग २ रोपनी मात्र जग्गा भए पनि कम्तीमा ६ रोपनी आवश्यक पर्ने मापदण्ड अनुसार थप जग्गा प्राप्तिका लागि पहल भइरहेको समेत अध्यक्ष पथिकले जानकारी दिए ।


चिकित्सालय प्रमुख डा. पुनम नेपालका अनुसार, आयुर्वेदप्रति जनविश्वास बढ्दो छ। “आधुनिक औषधिको विकल्पका रूपमा आयुर्वेद रोज्नेको संख्या बढ्दैछ,” उनले भनिन् ।
पत्रकारहरूले कार्यक्रमका क्रममा संरचनागत चुनौती, जनविश्वास विस्तार र सेवा प्रभावकारिता सुनिश्चित गर्न सुझावसमेत प्रस्तुत गरेका थिए।

Shares:

Related Posts

अन्य

दोरम्बा शैलुङःछैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कण्ठेश्वर र कालिका मा बि बीच प्रतिस्पर्धा

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा बिहिवार देखि सुरु भएको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्साहपूर्ण वातावरणमा जारी छ। गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबीच हुने यो वार्षिक प्रतिस्पर्धामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
अन्य

आजदेखि सार्वजनिक सवारी साधनमा (रुट परमिट) खुला

काठमाडौँ, ६ असोजः यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला
अन्य

जनप्रतिनिधि र राजनीतिक दलले भने सरकारी कार्यालयहरुले राम्रो काम गरेनन्

रामेछाप । जिल्लाको सरकारी कार्यालयहरूको काम र भएका प्रगति प्रति जनप्रतिनिधि र राजनीतिक दलले चर्को असन्तुष्टि जनाएका छन् । जिल्ला स्थित सरकारी कार्यालयहरूले स्थानीय तहसँग सहकार्य नगरी योजनाहरूको काम गरेको
अन्य

सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको सेवा आब आफ्नै नयाँ भवन बाट

रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछापको भवन उद्घाटन भएको छ । तामाकोसी सेवा समिति परिसरमा निर्माणाधिन भवन भिजन हिमालय फाउण्डेसन, स्विजरल्याण्ड र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको

Leave a Reply

Your email address will not be published. Required fields are marked *