अन्य

हप्ताको सोमबार नियमित रूपमा निःशुल्क होलबडि जाँच

रामेछाप । रामेछापको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप मन्थलीमा हरेक हप्ताको सोमबार नियमित रूपमा निःशुल्क होलबडि जाँच हुने गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकताको सो कार्यक्रम मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत सञ्चालन भएको चिकित्सालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिए । सो कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षणका साथै ल्याब सेवा र परामर्श तथा औषधि वितरण हुने उनले बताए ।
ल्याबमा रगत र दिशा, पिसाबबाट पहिचान हुने विभिन्न रोगको जाँच हुने ल्याब असिस्टेन्ट सुमन चापागाईँले बताए । चिकित्सालयमा ब्लड सुगर, युरिया, क्रियाटिनिन, बिलिरुबिन, एसजिपिटी, एएलपी, कोलेस्ट्रोल, ट्राइग्लिसराइड, एचडिएल, सिबिसी, हेमोग्लोबिन, ईएसआर र युरिन प्रोटिन लगायतको जाँच हुने उनले जानकारी दिए । ‘रगत दिशा र पिसाब सम्बन्धी १३ वटा भन्दा बढी जाँच हुन्छ’, उनले भने ।
यी परीक्षणहरूले रक्तचाप, मधुमेह, कलेजो, मिर्गौला र मुटुसम्बन्धी रोगको प्रारम्भिक अवस्था पत्ता लगाउन सहयोग गर्ने चिकित्सालयकी डाक्टर सविता भण्डारीले जानकारी दिईन् । यस्तो परीक्षणले रगतमा चिनीको मात्रा, मिर्गौलाको अवस्था, कलेजो र पित्त थैलीको अवस्था, बोसोको मात्रा, रातो र सेतो रगतको अवस्था, रगतमा अक्सिजनको अवस्था पत्ता लाग्ने छ । त्यस्तै पिसाबमा प्रोटिनको मात्रा पनि परीक्षणबाट पत्ता लाग्ने छ । सो पहिचानका आधारमा उपचार अघि बढ्ने चिकित्सालयले जनाएको छ । सो सेवा लिन बागमती प्रदेशमा बसोबास गरेको व्यक्ति हुनु पर्ने सर्त रहेको छ ।
यस बाहेक चिकित्सालयले अन्य दिन पनि निःशुल्क फिजियो थेरापी सेवा, बहिरङ्ग सेवा, निःशुल्क तथा सशुल्क औषधि वितरण, अकुपञ्चर, पूर्वकर्मर पञ्चकर्म, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम, स्तनपाई आमा कार्यक्रम लगायतका स्वास्थ्य सेवा दिँदै आएको छ ।

Shares:

Related Posts

अन्य

मन्थली शहिद स्मृति बहुुमुखी क्याम्पसको अध्यक्षमा–उज्वल

रामेछाप । गठवन्धनका उम्मेदवारलाई हराउँदै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी विजयी भएका छन् । क्याम्पस संञ्चालक समितिको पदाधिकारीको लागि आइतवार भएको निर्वाचनमा
अन्य

लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला तथा अन्तरक्रिया

नेपाल औषधि व्यवसायी संघ बाग्मति प्रदेश को समन्वय,औषधि व्यवस्था विभागको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापको आयोजनामा लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम
अन्य

दोरम्बा शैलुङःछैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कण्ठेश्वर र कालिका मा बि बीच प्रतिस्पर्धा

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा बिहिवार देखि सुरु भएको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्साहपूर्ण वातावरणमा जारी छ। गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबीच हुने यो वार्षिक प्रतिस्पर्धामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
अन्य

भ्रम फैलाउनेलाई सप्रमाण उपस्थित हुन दोरम्बा शैलुङ गाउँपालिका दियोले चुनौती

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ मा निर्माणाधीन गाल्बा–दोरम्बा सडकअन्तर्गत शान्ति पार्क क्षेत्रलाई लिएर अफवाह फैलिएको भन्दै गाउँपालिकाले कडा प्रतिवाद जनाएको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत गाउँपालिकाले सडक निर्माण कार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *