समाचार

लघुवित्तको ‘ऋणजाल’विरुद्ध काठमाडौंमा किसान-मजदुरको मार्चपास

काठमाडौं — लघुवित्त तथा वित्तीय संस्थाहरूले फैलाएको वित्तीय शोषण र चर्को ब्याजदरको चक्रविरुद्ध आन्दोलनरत पीडितहरूले आइतबार राजधानीमा मार्चपाससहित प्रदर्शन गरेका छन्।

‘सम्पूर्ण किसान–मजदुर एक हौँ, वित्तीय शोषणविरुद्ध संघर्ष गरौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको ‘राजधानी मार्च’अन्तर्गत पीडितहरूले काठमाडौंका सडकमा उत्रिएर विरोध जनाएका हुन्।

ललितपुरको सानेपा-२ स्थित बाग्मती किनारबाट सुरु भएको विरोध र्याली नगरका विभिन्न भाग परिक्रमा गर्दै रत्नपार्कस्थित शान्तिबाटिका पुगेर कोणसभामा परिणत भएको थियो। शान्तिबाटिकामा भेला भएका आन्दोलनकारीहरूले लघुवित्तले लादेको अस्वाभाविक ऋण, चर्को ब्याजदर र बहुआयामिक वित्तीय शोषणको तत्काल अन्त्य हुनुपर्ने माग राख्दै चर्को नाराबाजी गरेका थिए।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालको ब्यानरमा आयोजित उक्त मार्चको नेतृत्व संगठनका केन्द्रीय अध्यक्ष रमेश सेञ्चुरीले गरेका थिए। कार्यक्रममा महासचिव होमबहादुर खड्का लगायत देशभरबाट आएका पीडित किसान तथा मजदुरहरूको बाक्लो उपस्थिति रहेको थियो।

पीडितहरूले वित्तीय संस्थाको मनोमानीका कारण साना किसान र श्रमजीवी वर्ग सडकमा आउनुपरेको भन्दै राज्यले आफ्ना माग सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।

Shares:

Related Posts

समाचार

विशेषज्ञ चिकित्सक द्वारा निःशुल्क जाँच कार्यक्रममा ७५ जनाले लिए सेवा

रामेछाप । जिल्ला अस्पताल रामेछापले मानसिक तथा नसा रोग र नाक, कान, घाटी तथा थाईराईड सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले माघ महिनाको नियमित कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन
समाचार

बजार क्षेत्र कालो पत्रे भए पछि धोबी बजारमा वृक्षारोपण

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोबी बजारमा बिरुवा रोपिएको छ । धोबी बजार व्यवस्थापन समिति तथा स्थानीय व्यापारीको आयोजनामा बिरुवा रोपिएको हो । बिरुवा रोप्ने कार्यक्रमका लागी लिखुतामाकोशी गाउँपालिकाले
समाचार

सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ रामेछाप शाखा द्वारा आर्थिक सहयोग

रामेछाप । गत चैत १५ गते राजावादी प्रदर्शनको क्रममा काठमाडौँको तीनकुने स्थित एक घरमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकको परिवारलाई नेपाल पत्रकार महासंघ रामेछाप शाखाले आर्थिक सहयोग गरेको छ
समाचार

तिहार लक्षित बजार अनुगमन

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको पसलहरूमा जिल्ला अनुगमन समितिले तिहार लक्षित अनुगमन गरेको छ । शनिवार गरिएको अनुगमनमा बजारमा बिक्रीका लागि राखिएका भाई मसला, चिउरा, मैदा, नरिवलजस्ता सामग्रीहरूको गुणस्तर

Leave a Reply

Your email address will not be published. Required fields are marked *