समाचार

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ द्धरा जिल्ला प्रहरी कार्यालयलाई पुस्तक हस्तान्तरण

फाल्गुण २ रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला शाखा रामेछापले जिल्ला प्रहरी कार्यालय रामेछापलाई पुस्तक हस्तान्तरण गरेको छ । ११ औँ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर महासंघले बुधवार विभिन्न खालका पुस्तकहरू हस्तान्तरण गरेको हो ।
मिलीजुली पुस्तक तथा स्टेसनरी पसल,जे.एन.पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक तथा शैक्षिक सामाग्री केन्द्र, दीक्षित स्टेसनरी लगायतका पसलहरूबाट पुस्तकहरू संकलन गरी प्रहरीलाई दिइएको महासंघका जिल्ला अध्यक्ष सुजन घिमिरेले बताए । उनका अनुसार महासंघले करिब ३५ हजार मूल्य बराबरको पुस्तकहरू प्रहरीलाई निःशुल्क दिएको हो ।
पुस्तक ग्रहण गर्दै प्रहरी निरीक्षक रन्जन गिरीले यसरी प्राप्त भएका पुस्तकहरूलाई आफ्नो कार्यालयमा भएको पुस्तकालयमा राख्ने बताए । उनले भने– यी पुस्तकहरू अनुसन्धानका क्रममा हिरासतमा रहेका थुनुवाहरूलाई पढ्न उपलब्ध गराउँछौँ ।

Shares:

Related Posts

समाचार

छिमेकले दियो गाईभैसी पालन तालिम

रामेछाप । छिमेक लघुवित्त वित्तीय संस्था लि. रामेछाप शाखाले ३ दिने आधारभूत गाईभैसी पालन तालिम सम्पन्न गरेको छ । जिल्लाको मन्थली न.पा–४, सालु स्थित श्री आधारभूत विद्यालय सामली स्थानमा छिमेकले
समाचार

३ दिने हाते ट्याक्टर मर्मत सम्बन्धि तालिम मन्थलीमा सुरु

रामेछाप । जिल्लाको मन्थलीमा हाते मेसिनरी औजार उपकरण सञ्चालन तथा मर्मत सम्भार तालिम सुरु भएको छ । आधुनिक प्रविधिको अधिकतम प्रयोगले उत्पादन बढाउन सकिने कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका
अन्य

विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।शनिबार साँझ विद्युत सर्ट भएर
समाचार

सिन्धुली जाँदै गरेको सुमो भटौलीमा दुर्घटना

रामेछाप, २२ असोज। जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा टाटा सुमो दुर्घटना भएको छ ।मंगलबार बिहान ४: २० बजेको समयमा भटौली पुल भन्दा माथि मन्थली–खाँडादेवी–सित्खा सडकखण्डमा काठमाण्डौबाट दोलखाको बाटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *