समाचार

सिन्धुली जाँदै गरेको सुमो भटौलीमा दुर्घटना

रामेछाप, २२ असोज। जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा टाटा सुमो दुर्घटना भएको छ ।
मंगलबार बिहान ४: २० बजेको समयमा भटौली पुल भन्दा माथि मन्थली–खाँडादेवी–सित्खा सडकखण्डमा काठमाण्डौबाट दोलखाको बाटो हुँदै सिन्धुली जाँदै गरेको ना १ ज ८७८२ नं को सुमो अनियन्त्रित भई पल्टँदा चालक घाइते भएका हुन् ।
घाइते हुनेमा चालक सिन्धुलीको फिक्कल गाउँपालिका ४ बस्ने २२ वर्षीय उद्वब श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । घाइते श्रेष्ठको उद्धार गरी तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । उनको दाहिने हात र ढाडमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।

Shares:

Related Posts

समाचार

लायन्स क्लबले दियो, पहिरो पिडीतलाई राहत

रामेछाप । मानव सेवामा समर्पित अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले रामेछाप जिल्लाका दोरम्वा गाउँपालिकाका पहिरो पीडितहरुका लागि राहत सामाग्री प्रदान गरेको छ ।रामेछाप उद्योग वाणिज्य सङ्घ सँगको समन्वयमा संस्थाले सोमबार
समाचार

रामेछापमा घर फोडेर चोरीगर्ने एकै दिन दुई स्थानबाट तिन चोर पक्राउ

रामेछाप — घर फोडेर नगद, सुन र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनापति शैलुङ गाउँपालिका–४ का २९ वर्षीय आटी तामाङ र ३७ वर्षीय
समाचार

देशभरका सरकारी अस्पताल मध्ये तेस्रो बन्यो जिल्ला रामेछाप अस्पताल

रामेछाप । देशभर रहेका १५ शैयाका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पताल तेस्रो भएको छ । देशभर रहेका १५ शैयाका सरकारी अस्पतालहरूको मूल्याङ्कनका आधारमा रामेछाप अस्पतालमा अस्पतालको सेवा सञ्चालन विधि
समाचार

तामाकोसी इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल दिपककुमार खड्का विभूषित

रामेछाप । काठमाडौंको प्रदर्शनी मार्गस्थित नेपाल पुलिस क्लबको हल गर्मीका बीच पनि असार १३ गते एउटा फरक ऊर्जाले गुञ्जायमान थियो। देशभरिका शिक्षाप्रेमी, बौद्धिक व्यक्तित्व र वरिष्ठ स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *