समाचार

छिमेकले दियो गाईभैसी पालन तालिम

रामेछाप । छिमेक लघुवित्त वित्तीय संस्था लि. रामेछाप शाखाले ३ दिने आधारभूत गाईभैसी पालन तालिम सम्पन्न गरेको छ । जिल्लाको मन्थली न.पा–४, सालु स्थित श्री आधारभूत विद्यालय सामली स्थानमा छिमेकले तालिम प्रदान गरेको हो ।
गत चैत्र २० गते देखि २२ गते सम्म संचालन भएको तालिममा ९ पुरुष र ३६ महिला गरी ४३ जनाको सक्रिय सहभागिता रहेको थियो । छिमेकले संस्थामा आबद्ध गाइभैसी पालि रहेको सदस्यलाई लक्षित गरी तालिम आयोजना गरेको प्रशिक्षक निशान श्रेष्ठले बताए । प्रशिक्षक श्रेष्ठले भने – गाइभैसी पालनको महत्त्व, सम्भावना, चुनौती तथा सम्भावना बारे हामीले प्रशिक्षण दिएका हौँ । साथै व्यवस्थापनका पक्षहरू , हेरचाह र पशु चौपायाको स्वास्थ्य सम्बन्धी जानकारी समेत गराएका छौँ ।
बैंक तथा वित्तीय संस्थाको पहिचान, वर्तमान समयमा देखिएको समस्या र त्यसको समाधान बारे समेत जानकारी दिइएको शाखा प्रबन्धक लक्ष्मण शाहले बताए ।
व्यवसायलाई थप बिस्तार र विकास गर्न संस्था बाट प्राप्त तालिम तथा बिना धितो कर्जाले काम गर्न उत्साहित गरेको तालिममा सहभागीहरू रेष्मा खड्का र दिनेश भुजेलले बताए ।

Shares:

Related Posts

समाचार

रामेछापमा संविधान दिवस विविध कार्यक्रम गरि मनाउने

रामेछाप । जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्कीको संयोजकत्वमा बसेको जिल्लास्तरीय कार्यक्रम आयोजक समितिको बैठकले असोज ३ गते संविधान दिवस २०७२ को अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको
समाचार

यातायात क्षेत्रका प्रतिनिधिसँग प्रचण्डको छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या
समाचार

संघीय कानुन हुदाँहुदै नगरपालिकाको कार्यविधिमा प्रधानाध्यापक नियुक्ति गर्दै

रामेछाप । शिक्षा नियमावली २०५९को नियम ९३ ले विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गरेको छ। तर मन्थली नगरपालिकाले संघीय कानुन सँग बाझ्ने गरी प्रधानाध्यापक व्यवस्थापन
समाचार

परिवर्तनको एजेन्डा सहित ‘नयाँ शक्ति’को आवश्यकता : कुलमान घिसिङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा उज्यालो नेपाल अभियानका संरक्षक कुलमान घिसिङले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्व स्थापनाका लागि नयाँ राजनीतिक शक्ति उदय हुनु अपरिहार्य भएको धारणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *