समाचार

३ दिने हाते ट्याक्टर मर्मत सम्बन्धि तालिम मन्थलीमा सुरु

रामेछाप । जिल्लाको मन्थलीमा हाते मेसिनरी औजार उपकरण सञ्चालन तथा मर्मत सम्भार तालिम सुरु भएको छ । आधुनिक प्रविधिको अधिकतम प्रयोगले उत्पादन बढाउन सकिने कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख प्रेम सागर थापाले बताए । उनले भने– अव कृषकहरूले जमाना अनुसारको प्रविधिको प्रयोग गर्नु पर्दछ । यसको सही समयमा मर्मत र स्याहार नहुँदा छिट्टै प्रयोगहीन हुने अवस्थामा पुग्ने गरेको थियो । अब गाँउगाँउ पु¥याएको हाते ट्याक्टर गाउँमा नै मर्मत गर्न सक्षम दक्ष जनशक्ति उत्पादन हुनेछन् ।
उनले भने– सानो सामान बिग्रिँदा मर्मतका लागि बजारसम्म पुग्दा कृषकहरूलाई घाटा हुन्थ्यो। अब यो समस्या आउनेछैन ।
कार्यक्रममा बोल्दै रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापा मगरले भने – हाते ट्याक्टर चलाउन मात्रै नभई घर गाउँमा नै सामान्य मर्मत गर्न जान्दा मात्रै पनि ठुलो रकमको बचत हुन्छ । प्रविधिको प्रयोगले वातावरण संरक्षणको आयामलाई बिर्सन हुँदैन । गाँउगाँउमा बिग्रिएर बसेका हाते ट्याक्टरहरू तालिम पश्चात् प्रयोगमा आउने छन् ।
कृषकको माग र आवश्यकताका आधारमा हाते ट्याक्टर मर्मत तालिम राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थीरलाल गैरेले बताए । उनले भने– सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गर्छु । यहाँ सिक्न आउनु भएका अगुवा किसानहरूले पक्कै पनि आ–आफ्नो गाउँमा गएर अरूलाई समेत सिकाउनु हुनेछ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेलले अनुदानमा आएको सामानलाई आफ्नै पैसा परेको समान जसरी माया गरे बिग्रिने सङ्ख्यामा कमी आउने बताए । दानलाई दान सम्झनाले दान दिएका सामान प्रयोग विहीन बनेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरेले तालिम पश्चात् गाँउगाँउमा त्यसै फालिएका ट्याक्टरहरू प्रयोगमा आउने र कृषि उपजको उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरे।
परियोजना कार्यान्वयन इकाई रामेछापले सञ्चालन गरेको ३ तीने मेसिनरी औजार उपकरण सञ्चालन तथा मर्मत सम्भार तालिममा रामेछापका १२ जना र दोलखाको १० जना कृषक सहभागी भएको कृषि अधिकृत तथा कार्यालयका सूचना अधिकारी बिनिशा श्रेष्ठले बताइन् ।

Shares:

Related Posts

समाचार

घोक्सिला खोलामा साढे नौ करोडको पुल शिलान्यास

सिन्धुली । गोलन्जोर गाउँपालिका स्थित घोक्सिला खोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । गोलन्जोर गाउँपालिका–६ घोक्सिलामा निर्माण हुन लागेको पुलको गाउँपालिका अध्यक्ष शंकर राज बरालले सोमबार शिलान्यास गरे ।पुल
समाचार

एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित

रामेछाप । एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित भएका छन् । आन्दोलन स्वरूप शिक्षकहरूले शिक्षा तथा समन्वय इकाई रामेछापमा ज्ञापन पत्र बुझाएका छन् । उत्तर पुस्तिका परीक्षण बापतको रकम
समाचार

खानेपानीको अभाले मुहान खोज्दै लिखुतामाकोेशी गाउँपालिका

रामेछाप । आफ्ना नागरिकलाई पिउन पानीको समस्या परेपछि पानीको मुहान खोज्दै हिँडेका छन् केशव महत । महत लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष हुन् । लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ३,४ र
समाचार

गाउँपालिका बाट लिने सेवा सुविधाको विद्यालयमा अक्षयकोष स्थापना

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आफूले पालिकाबाट पाउने सेवा सुविधाको रकमबाट आफ्ना स्वर्गीय बाबुको पूर्णबहादुर खड्काको नाममा अक्षयकोष बनाएका छन् । अध्यक्ष खड्काले सेवा सुविधाबाट आउने रकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *