समाचार

जुनारको जिल्ला भनेर चिनाउन ढुङ्गाबाट चिनारी

रामेछाप । रामेछाप जिल्लालाई जुनारको जिल्ला भनेर चिनाउनका लागि विभिन्न नदीमा यत्रतत्र छरिएर रहेका ढुङ्गा सङ्कलन गरी मन्थली बजारका सरकारी कार्यालय वरिपरि उपयुक्त स्थानमा रङरोगन गरेर राखी जिल्लाको पहिचान गराउने अभियान थालिएको छ ।
रामेछाप–काठमाडौँ सृजनशील समाजले जिल्लामा रहेका सरकारी कार्यालयको मूलढोका नजिकै तथा सडकको नाला छेउमा ढुङ्गालाई रङ लगाएर जिल्लाको चिनारी गराउने अभियान थालेको हो । समाजले स्थानीय तामाकोसी र रणजोर खोलामा रहेका ढुङ्गालाई सङ्कलन गरेर जिल्ला सदरमुकामका विभिन्न कार्यालय वरिपरि राखेर जुनारको रङसँग मिल्ने रङ लगाई जिल्लाका पालिका र वडाको जुनारको रङमा पहिचान गराउने अभियान थालेको हो ।
जिल्लामा रहेको सघन सहरी कार्यालय छेउबाट सुरु भएको अभियान जिल्ला प्रशासन, हुलाक, टेलिकम घरेलु हुँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रको ढोकासम्म यस्ता ढुङ्गा सिङ्गारिएर राखिएका छन् । सरकारी कार्यालयको मूलढोका नजिक ढुङ्गा राखेर जिल्लामा रहेका मन्थली र रामेछाप नगरपालिकासहित आठवटै स्थानीय तह र साबिकका ५५ वटा गाविसको नाम लेखिएको छ ।
यो अभियानले मन्थली बजारको सौन्दर्यता बढाएको र रामेछाप जिल्ला जुनारको जिल्ला हो भन्ने चिनारी दिन सदरमुकाममा झल्को दिएको स्थानीय टङ्ककुमार श्रेष्ठले बताए ।
जिल्ला सदरमुकाम आउने जोसुकै नागरिकले पनि आ–आफ्नो पालिका र वडाको नाम, जुनारको रूपमा पाउँदा गौरवान्वित हुने र बजार पनि सफा र आकर्षक देखिने भएकाले यो अभियान चलाएको रामेछाप–काठमाडौँ सृजनशील समाजका अध्यक्ष विपिन भट्टराईले बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जिल्लाको मन्थली रामेछाप र सुनापति गाउँपालिकालाई जुनार जोन घोषणा गरी विभिन्न कार्यक्रम गरिरहेको छ । यसरी जुनारको रङमा पालिका र साबिकका गाविस तथा वर्तमान वडाको चिनारी गराउँदा सो क्षेत्रमा काम गर्ने आफूहरू र जुनार उत्पादक किसानले समेत गौरवको अनुभूति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख थिरलाल गैरेले बताए ।
समाजले यो अभियानलगायत जिल्ला सदरमुकाम मन्थलीमा कतै सृजनशील टावर पनि निर्माण गरेको छ । सरकारी कार्यालय वरिपरि डोको डस्टविनको अभियान पनि चलाएर रचनात्मक क्रियाकलाप गर्दै आएको छ । मन्थली नगर र विभिन्न कार्यालयले वरिपरि यस प्रकारको सरसफाइ र सजावट गर्न सके सधैँ सफा र सुन्दर मन्थली देख्न सकिने स्थानीय गुञ्जबहादुर श्रेष्ठले थपे ।

Shares:

Related Posts

समाचार

बागमती प्रदेश (फोनिज) को अध्यक्षमा पुनः युवराज श्रेष्ठ

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा पुनः युवराज श्रेष्ठ दोहोरिएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा भएको तेस्रो महाधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत २२ सदस्यीय कार्य समिति
समाचार

देशको विकास निर्माणमा सबैको सहकार्य आवश्यक– नगर प्रमुख श्रेष्ठ

मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले देश विकासको लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । जिल्ला कृषि सहकारी संघ रामेछापको शनिवार सम्पन्न छैठौँ साधारण सभामा आफ्नो भनाई राख्दै नगर
समाचार

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री

रामेछाप । नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका नेताहरूले विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री दिएका छन् । उनीहरूले व्यक्तिगत आर्थिक लगानीमा पालिका भित्रका एक सय भन्दा बढी विद्यार्थीहरूलाई न्यानो कपडा
अन्य

प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुुन्छ : पौडेल

रामेछाप । काँग्रेस र एमालेको एजेन्डा नमिल्ने भएकोले काँग्रेससँग सरकारमा सहकार्य हुन नसक्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्पष्ट पारे । ‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर

Leave a Reply

Your email address will not be published. Required fields are marked *