समाचार

नेपाली काँग्रेस रामेछापले महासमिति निर्वाचनको मिति तोकियो ।

रामेछाप । नेपाली काँग्रेस रामेछापले महासमितिको निर्वाचन मिति तय गरेको छ । पार्टीको आन्तरिक विवादमा कारण अनिश्चित कालको लागि स्थगित गरिएको काँग्रेस महासमिति सदस्यको निर्वाचन फागुन १ गतेका लागि तोकिएको छ । जिल्लाबाट महासमिति सदस्यको नामावली केन्द्रमा नपठाए केन्द्रीय निर्वाचन समितिले आगामी फागुन ७ देखि १० गतेसम्म हुने महासमितिको बैठकमा रामेछापबाट सहभागी हुन नपाउने पत्र पठाएपछि निर्वाचनको मिति तोकेको हो ।
फागुन १ गते बिहान ८ बजे देखि साँझ ५ बजे सम्म जिल्ला समन्वय समितिको प्राङ्गणमा मतदानको समय तोकिएको निर्वाचन अधिकृत कुशप्रसाद दाहालले बताए । दाहालका अनुसार – यस अगाडि नै दर्ता भइसकेको उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा माघ २४ गते साँझ ५ बजेसम्म पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा सम्पर्क गर्न सकिने छ ।
निर्वाचन तालिका अनुसार – माघ २७ गते साँझ ६ बजे पार्टी कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र २८ गते आइतबार बिहान ८ बजे सोही ठाउँमा वर्णानुक्रम अनुसार नमुना मतपत्र टाँसिनेछ। समितिले मतगणना स्थल भने नेपाल शिक्षक संघको भवनमा तोकेको छ ।
नेपाली काँग्रेस रामेछापका अनुसार मतदानमा एक हजार ४ सय बढी क्षेत्रीय प्रतिनिधिहरूले भाग लिनेछन् ।

Shares:

Related Posts

समाचार

माझी समुदायले मनाए लदिपुजा

रामेछाप । कोसीपूजा अर्थात लदिपूजा नेपालमा बसोबास गर्ने समस्त माझीजातिको प्रमुख चाड हो । कोसीपूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँदछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको
समाचार

उपनिर्वाचन ः आज मनोनयन दर्ताकाठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म
समाचार

रामेछाप नगरपालिकाले सुरु गर्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

रामेछाप । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा सातौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय
समाचार

गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका १० खेल सम्पन्न, मंगलबार क्वाटर फाइनल

रामेछाप – गत आइतबार देखि संचालन भएको सुनापती गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका आइतबार र सोमबार सबै खेलहरू सम्पन्न भएका छन् । आइतबार भएको एक खेलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *