समाचार

रामेछाप नगरपालिकाले सुरु गर्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

रामेछाप । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा सातौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले प्रतियोगिताको उद्धघाटन गरे ।
प्रतियोगिताको उद्धघाटन गर्दै प्रमुख अतिथि खड्काले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यो प्रतियोगिताले धेरै सहयोग गरेको बताए ।
रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको बताए । यो प्रतियागिताले विद्यार्थीहरुको क्षमता पहिचान गर्न सहयोग पुग्नुभएका साथै उनिहरुको वृद्धि विकासमा पनि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपुर्ण भुमिका खेलेको उनको भनाई छ ।
रामेछाप नगरपालिका भरीका १३ वटै माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगिता रामेछाप नगरपालिकाको वडा नं ८ टुँडिखेलमा सन्चालन भईरहेको छ । प्रतियोगितामा भलिबल, कबड्डी, सर्टफुट, दौड, ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने छ ।

Shares:

Related Posts

समाचार

गोकुलगंगाकाका कागजात अब डिजिटल प्रविधि मार्फत सुरक्षित हुँदै

रामेछाप । वि.सं. २०७४ सालदेखि २०८१ असार मसान्तसम्म गोकुलगङ्गा गाउँपालिकामा सिर्जना भएका सम्पूर्ण सरकारी कागजात अब डिजिटल रूपमा सुरक्षित हुने भएका छन्। जेन्जी आन्दोलनका क्रममा अन्यत्रका गाउँपालिकासहित विभिन्न कार्यालयका कागजात
समाचार

सन्तोष तामाङको वडामा ५९० घरधुरीको निशुल्क स्वास्थ्य बिमा, स्थानीय निर्वाचनमा नागरिकसँग गरेको वाचा पुरा

रामेछाप । रामेछाप नगरपालिका–८ ले ‘स्वस्थ वडा, सुखी नागरिक’ को लक्ष्यलाई साकार पार्दै सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा समेटेर उल्लेखनीय उपलब्धि हासिल गरेको छ। वडाअध्यक्ष सन्तोष कुमार तामाङको नेतृत्वमा सञ्चालन
समाचार

विपद् जोखिम व्यवस्थापन कार्यकारी समितिको बैठक जारी

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक जारी छ । बैठक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा जारी रहेको छ ।
समाचार

भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मन्थली नगरपालिका–२ कठजोरस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण गरेका छन्।शुक्रबार विद्यालय परिसरमै आयोजित एक विशेष

Leave a Reply

Your email address will not be published. Required fields are marked *