समाचार

पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्छ – नेप्स्कुन अध्यक्ष ढकाल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका बचत तथा ऋण सहकारी संस्थाहरूको पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्ने बताए। मन्थली बचत तथा ऋण सहकारी संस्था लि.को २७ औँ स्थापना दिवस मनाउन प्रमुख अतिथिका रूपमा मन्थली आई पुगेका उनले साकोस अभियानमा अहिले देखिएका केही समस्या चुनौतीका रूपमा रहेको भएपनि सबैको साझा प्रयासबाट यसको सही व्यवस्थापन सम्भव भएको बताए।
कार्यक्रममा बोल्दै संघका कोषाध्यक्ष दीपक थापाले जिल्ला भित्रको पुँजी जिल्लामा नै परिचालन गरेर सदस्यहरूको आर्थिक परिवर्तनमा सहकारी संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताए। उनले सहकारी संस्थाले उद्देश्य अनुसारको मात्र काम गर्नु पर्नेमा जोड दिदैं उद्देश्य बाहिर गएर काम गर्दा अहिले केही सहकारी संस्थामा समस्या आएको बताए।
कार्यक्रममा रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे, तामाकोसी सेवा समितिका अध्यक्ष गुन्जबहादुर श्रेष्ठ, मन्थली साकोसका सल्लाहकार शम्भुप्रसाद घिमिरे , संस्थाका सचिव हिमाल ढुंगेल, कोषाध्यक्ष टीका प्रसाद भट्ट लगायतका वक्ताहरूले संस्थाको गतिविधिका बारेमा आ आफ्नो धारणा राखेका थिए ।
आर्थिक वर्ष ०७९÷०८० मा एक अर्ब १४ करोड ८८ लाख १७ हजार ३४४ रुपैयाँको कूल सम्पत्ति रहेको मन्थली बचतले सोही आर्थिक वर्षमा ५८ लाख ८ हजार ८२५ रुपैयाँ खुद नाफा कमाउन सफल भएको सहकारीका कोषाध्यक्ष टिका प्रसाद भट्टले बताए ।
रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएर ०५४ साल माघ २० गते स्थापना भएको उक्त संस्थाले हरेक वर्षको माघ २० गतेलाई स्थापनाको दिन मान्दै दिवस मनाउने गरेको छ । संस्थाले उक्त अवसरमा सदरमुकाम मन्थलीमा एक विशेष कार्यक्रमको आयोजना गरी आफ्नो २७ औँ स्थापना दिवस मनाएको हो ।

Shares:

Related Posts

समाचार

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आउँदै मतपत्ररामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको
समाचार

नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित

१४ कात्तिक, रामेछाप । नेकपा नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित भएका छन् । तेस्रो साधारण सभा दोस्रो जिल्ला अधिवेशनबाट उदासको अध्यक्षतामा
समाचार

मुगानमा एक महिलाको शव फेला

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुगानमा एक महिलाको शव फेला परेको छ । अन्दाजी वर्ष ५८ की चिनिमायाँ हायु घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको
समाचार

महाकाली देवीको पूजा गरेर हायु जातिको सकियो दसैँ

रामेछाप । लोपोन्मुख जाति हायुले महाकाली देवीको पूजालाई महान् पर्वको रूपमा लिने गर्छन् । महाकाली देवीको पूजालाई हायु जातीले आफ्नो दसैँको रूपमा समेत लिने गर्छन् । हायुहरूको सबभन्दा ठुलो र

Leave a Reply

Your email address will not be published. Required fields are marked *