समाचार

गाउँपालिका अध्यक्ष कप : पहिलो चरणका १० खेल सम्पन्न, मंगलबार क्वाटर फाइनल

रामेछाप – गत आइतबार देखि संचालन भएको सुनापती गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका आइतबार र सोमबार सबै खेलहरू सम्पन्न भएका छन् । आइतबार भएको एक खेलमा आयोजक टिमले (सुनापति गाउँपालिका खेलकुद विकास समिति) आरवि सप्लायर्स कामालाई हराएको थियो । त्यस्तै सोमबार भएको दोस्रो खेलमा सुर्योदय समाज सेवाले समाज कल्याण मगर समाजलाई सोझो सेटमा पराजित गरेको छ भने तेस्रो खेलमा मण्डन देउपुर नगरपालिका काभ्रेले मैरे सुनापति–२ लाई हराएको थियो । चौथो चरणको खेलमा बेथान युवा समाजले सुनापति–५ लाई हराएको थियो भने पाँचौ खेलमा मैरे सुनापति–२ ले लामाज ग्रुपलाई हराएको छ । छैटौँ खेलमा मुगिखोला युवा क्लबले आरबी सप्लायर्सलाई हराएको थियो । त्यस्तै सातौँ खेलमा जि एन ई बि एस माकादुमले बेथान युवा समाजलाई हराएको थियो । त्यसै गरी आठौँ खेलमा मण्डन देउपुर नगरपालिकाले लामाज ग्रुपलाई हराएको थियो भने नवौँ खेलमा आयोजक टिम (सुनापति गाउँपालिका खेलकुद विकास समिति) ले मुगीखोला युवा क्लबलाई पराजित गरेको थियो । 
अन्तिम खेल अर्थात् दशौँ खेलमा जि एन ई बि एस माकादुमले सुनापति ५ लाई पराजित गरेको थियो । आइतबार र सोमबार दुई दिन भएका पहिलो चरणका दश खेल मध्ये ९ खेलमा जित हासिल गर्ने सबै टिमले सोझो सेटमा जित हासिल गरेका थिए भने एक टिमले मात्रै २÷१ ले हराएको थियो । 
सोमबार पहिलो चरणका सबै खेल सम्पन्न भइसकेकाले मंगलबार क्वाटर फाइनलका खेलहरू हुने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीले बताए । 

Shares:

Related Posts

समाचार

सामुदायिक वनलाई व्यावसायिकीकरण गरेर आयआर्जनमा जोड्ने

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाले सामुदायिक वन डढेलो नियन्त्रण सम्बन्धी सरोकारवालाहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा लिखुतामाकोशी गाउँपालिका अध्यक्ष केशव महतले वन डढेलो नियन्त्रण
समाचार

लिखुतामाकोशीको बार्षिक समिक्षा आ.ब. ०८१/०८२ मा ७३.२६ प्रतिशत खर्च

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको आर्थिक बर्ष ०८१/०८२ मा भएका काम, सेवा प्रवाह र कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन भएको छ । गाउँपालिकाले कुल बजेटको ७३.२६ प्रतिशत रकम
समाचार

ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन, सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

सोलुखुम्बु पुस २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिइरहेको सोलुखुम्बुको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक
समाचार

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आउँदै मतपत्ररामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *