समाचार

आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ प्रतियोगिता सुरु

रामेछाप । खाँडादेवी गाउँपालिकामा शुक्रवारबाट आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ प्रतियोगिता सुरु भएको हो । रामेछाप तेक्वान्दो आइ टि एफ को आयोजना तथा खाँडादेवी गाँउपालिका र खाँडादेवी गाउँपालिका वडा नं ७ को सह आयोजनामा चलिरहेको उक्त प्रतियोगितामा ७ वटा प्रदेश, नेपाली सेना, नेपाल आर्मी, सशस्त्र प्रहरी र आयोजक टिम सहित ११ वटा टिमका ४४ खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिताको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले दीप प्रज्वलित गरी उद्घाटन गरे । कार्यक्रममा तेक्वान्दो आईटीएफको प्रवर्धनमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै श्रेष्ठलाई ब्ल्याक बेल्टको उपाधि प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ नेपालका अध्यक्ष प्रवीणकुमार कार्कीले श्रेष्ठलाई ड्रेस र ब्ल्याक बेल्ट तथा लोगो पहिर्याएर सम्मान प्रकट गरे ।
खेलकुदले देशलाई जोड्ने काम गर्ने र खेलले अनुशासन, एकता र समन्वयको काम गर्ने मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन समेत गर्न सकिने वाग्मती प्रदेका पूर्व मन्त्री तथा नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य शान्तिप्रसाद पौडेलले बताए ।
आत्मसुरक्षा र आत्मबलको लागि पनि तेक्वान्दोको जरुरी रहेको नेपाली काँग्रेस रामेछापका उपसभापति नवराज थोकरले बताए । खेल पर्यटनको लागि यस्ता राष्ट्रिय स्तरका प्रतियोगिताले सहयोग पुग्ने पनि उनले बताए ।
खाँडादेवी गाउँपालिकामा राष्ट्रिय स्तरको प्रतियोगिता हुनु गौरवको विषय भएको नेकपा एमाले रामेछापका उपाध्यक्ष इन्द्र तामाङले बताए । मार्सल आर्टको महत्त्व बारे ओलम्पियन दीपक विष्ट लगायतले प्रष्ट पारेका थिए । कार्यक्रममा माओवादीका प्रतिनिधि भने देखिएन ।
सोही कार्यक्रमको अवसरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा खाँडादेवी गाउँपालिकाबाट विजयी भएका खेलाडीलाई प्रोत्साहन स्वरूप खाँडादेवी गाउँपालिका वडा नं.–६ का वडाध्यक्ष नारायण कार्कीले एकमुष्ट ५० हजार रुपैयाँ नगद प्रदान गरे ।
महिला र पुरुष दुवै समूहको खेलमा प्रथम द्वितीय र तृतीय हुने प्रतियोगीहरूलाई क्रमशः नगद रु ५० हजार, ४० हजार र ३० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजनले जनाएको छ ।
प्रतियोगितामा महिला तर्फ ४७ देखि ५५ केजि समूह र पुरुष तर्फ ५० देखि ५७ केजी तौल समूहका खेलाडीले भाग लिइरहेका छन् । खेल शुक्रवार र शनिवार दुई दिन चल्ने आयोजकले बताएको छ । 

Shares:

Related Posts

समाचार

अफिम खेती गर्ने दुई महिला पक्राउ

रामेछाप । जिल्लाको सुनापति गाउँपालिका– ३ मा (लागु औषध) अफिमको खेती गर्दै आएका दुई महिलालाई जिल्ला प्रहरी कार्यालय रामेछापले गत २५ गते पक्राउ गरेको हो । सुनापती गाउँपालिकामा ६ रोपनी
समाचार

परिवर्तनको एजेन्डा सहित ‘नयाँ शक्ति’को आवश्यकता : कुलमान घिसिङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा उज्यालो नेपाल अभियानका संरक्षक कुलमान घिसिङले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्व स्थापनाका लागि नयाँ राजनीतिक शक्ति उदय हुनु अपरिहार्य भएको धारणा
समाचार

दोरम्बा हत्याकाण्ड २२ वर्ष पुरा, रगतको हिसाब कहिले हुने ?

रामेछाप । नेपालको जनयुद्धकालीन इतिहासमा कालो अध्यायका रूपमा चिनिने दोरम्बा हत्याकाण्डलाई २२ वर्ष पुगेको अवसरमा शनिबार माओवादी केन्द्र रामेछापले मन्थलीमा शहीद स्मरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर सम्झेको छ ।केन्द्रका
समाचार

महिलावादी अनुपम अभियान २०८४ मा महिला, हुनुपर्छ पहिला

रामेछाप । रामेछापमा महिलावादी अनुपम अभियान सुरु भएको छ । अन्तर पुस्ता महिलावादी मञ्च (आईजीएफएफ) को देशव्यापी महिलावादी अनुपम अभियान अन्तर्गतको साझा कार्यक्रम रामेछापमा पनि सुरु भएको हो ।शनिवार रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *