समाचार

नेपाली काँग्रेस रामेछापले महासमिति निर्वाचनको मिति तोकियो ।

रामेछाप । नेपाली काँग्रेस रामेछापले महासमितिको निर्वाचन मिति तय गरेको छ । पार्टीको आन्तरिक विवादमा कारण अनिश्चित कालको लागि स्थगित गरिएको काँग्रेस महासमिति सदस्यको निर्वाचन फागुन १ गतेका लागि तोकिएको छ । जिल्लाबाट महासमिति सदस्यको नामावली केन्द्रमा नपठाए केन्द्रीय निर्वाचन समितिले आगामी फागुन ७ देखि १० गतेसम्म हुने महासमितिको बैठकमा रामेछापबाट सहभागी हुन नपाउने पत्र पठाएपछि निर्वाचनको मिति तोकेको हो ।
फागुन १ गते बिहान ८ बजे देखि साँझ ५ बजे सम्म जिल्ला समन्वय समितिको प्राङ्गणमा मतदानको समय तोकिएको निर्वाचन अधिकृत कुशप्रसाद दाहालले बताए । दाहालका अनुसार – यस अगाडि नै दर्ता भइसकेको उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा माघ २४ गते साँझ ५ बजेसम्म पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा सम्पर्क गर्न सकिने छ ।
निर्वाचन तालिका अनुसार – माघ २७ गते साँझ ६ बजे पार्टी कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र २८ गते आइतबार बिहान ८ बजे सोही ठाउँमा वर्णानुक्रम अनुसार नमुना मतपत्र टाँसिनेछ। समितिले मतगणना स्थल भने नेपाल शिक्षक संघको भवनमा तोकेको छ ।
नेपाली काँग्रेस रामेछापका अनुसार मतदानमा एक हजार ४ सय बढी क्षेत्रीय प्रतिनिधिहरूले भाग लिनेछन् ।

Shares:

Related Posts

समाचार

शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला

रामेछाप । गोकुलगंगा गाउँपालिकाले शैक्षिक अवस्था सुधार गर्नका लागि प्रारम्भिक बालविकास सिकाई मेला– २०८१ को आयोजना गरेको छ ।सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सहयोगमा
समाचार

आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा बस्ने २० जना आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । फाल्गुण ६ गते मंगलवार उहाँहरुलाई मन्थली नगर उप
समाचार

देश भरिका होटल व्यवसायी मन्थलीमा

रामेछाप । होटेल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशले जिल्लाको मन्थलीमा पहिलो पटक प्रदेश भरिका होटल व्यवसायीहरूलाई भित्र्याएर कार्यक्रम गरेको छ । संघले चौथो साधारण सभालाई अवसर बनाएर रामेछापको
समाचार

रामेछाप नगरपालिकाले सुरु गर्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

रामेछाप । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा सातौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार देखी सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय

Leave a Reply

Your email address will not be published. Required fields are marked *