समाचार

आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा बस्ने २० जना आपाङ्ग भएका व्यक्तिहरुलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । फाल्गुण ६ गते मंगलवार उहाँहरुलाई मन्थली नगर उप प्रमुख ईश्वरी वस्नेत द्धारा बाख्रा वितरण गरिएको हो ।
आपाङ्गताका कारण आर्थिक तथा सामाजीक रुपमा पिछडिएकाहरुलाई आर्थिक हैसियत उठाउनका लागी बाख्रा पालन मार्फत आय आर्जनमा टेवा पुगोस भन्ने उद्देश्यले उन्नत जातका बाख्रा वितरण गरिएको आयोजक संस्था आपाङ्ग सचेतन सेवा केन्दले जनाएको छ ।
वागमति प्रदेश सरकारको सामाजीक विकास मन्त्रालय, सामाजीक विकास कार्यालय, धुलिखेलको आर्थीक सहयोगमा मन्थली नगरपालिका र वडा नं. ५ सगँको समन्वयमा भएको बाख्रा वितरण कार्यक्रममा वडा अध्यक्ष रविन कार्की, सामाजीक विकास मन्त्रालय, सामाजीक विकास कार्यालय प्रमुख रन माया फ्याक, स्थानीय जनप्रतिनिधि, स्थानिय राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सो अवसरमा सहभागीहरुले उन्नत जातका बाख्रा वितरण गरेको भन्दै सहभागीहरुले आयोजक संस्था र सामाजीक विकास मन्त्रालयलाई धन्यवाद दिएका थिए ।

Shares:

Related Posts

समाचार

पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्छ – नेप्स्कुन अध्यक्ष ढकाल

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका बचत तथा ऋण सहकारी संस्थाहरूको पुँजीलाई उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधानका लागि सबैले साझा प्रयास गर्नु पर्ने बताए। मन्थली
समाचार

बागमती प्रदेश सरकारले ल्यायोे ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट, कुन मन्त्रालयमा कति बजेट, स्थानीय तहले कति पाए

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ (३८.६ प्रतिशत) र पूँजीगत तर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ (६१.४ प्रतिशत) बजेट
समाचार

किसानले पाए उन्नत जातको मकैको बिउ

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले उन्नत जातको मकैको बिउ वितरण गरेको छ । पालिकाले वडा न. ३,४ र ५ मा उन्नत जातको मकैको बिउ वितरण गरेको छ । पालिकाले
समाचार

पुर्ण रुपमा चार घर सहित हावाहुरीका कारण एक दर्जन घरमा क्षति

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँमा हावाहुरीले क्षति पु¥याएको छ । शनिबार दिउँसो आएको तीव्र गतिको हावाहुरीका कारण एक चर्च र तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने अन्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *