समाचार

भयो सहमति रामेछाप बजार सडक कालोपत्रे हुने बाटो खुल्यो

रामेछाप — लामो समयदेखि अवरोधका कारण रोकिएको सेलेघाट–रामेछाप–साँघुटार सडक अन्तर्गत रामेछाप बजार क्षेत्रको सडक कालोपत्रे गर्ने काम अब अघि बढ्ने भएको छ।
सडक विस्तारका क्रममा मापदण्ड क्षेत्रभित्र पर्ने अधिकांश घरटहरा भत्काइसकिएको भए पनि दुई घरधनीको असहमतिका कारण काम प्रभावित हुँदै आएको थियो। सम्बन्धित पक्षबीच सहमति नजुट्दा निर्माण कार्य अघि बढ्न सकेको थिएन।
रामेछाप नगरपालिका–८ को वडा कार्यालयमा वडाध्यक्ष सन्तोष कुमार तामाङको अध्यक्षतामा सरोकारवालासहित भएको छलफलपछि विवाद समाधान भएको हो। बैठकबाट घरधनी नरबहादुर तामाङ र उद्धवकुमार श्रेष्ठ मुआब्जा लिएर भत्किनुपर्ने संरचना हटाउन सहमत भएका छन्।
उक्त सहमतिसँगै स्थानीयस्तरमा देखिएको अवरोध हटेको छ। अब सडक कालोपत्रे गर्ने काम तीव्र पारिने र करिब दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सम्बन्धित पक्षले जनाएको छ।

Shares:

Related Posts

समाचार

रामेछाप नगरपालिकाकोे आर्थिक वर्ष २०८१÷८२ मा बजेट खर्च ८३ प्रतिशत

रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा आफ्नो कुल बजेटको ८३.०७ प्रतिशत मात्रै खर्च गरेको छ। आइतबार नगरपालिकाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो। नगरपालिकाका
समाचार

वसन्त पञ्चमीको दिन उमाकुण्डका विद्यालयमा फुड फेस्टिबल

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर विद्यालयहरुमा फुड फेस्टिबल कार्यक्रम गरिएको छ। विद्यार्थीको सिर्जनशीलता, व्यवहारिक ज्ञान र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको
समाचार

निशुल्क कफी वारिष्टा तालिम सुरु

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.५ मा निशुल्क कफी वारिष्टा तालिम सुरु भएको छ । सामुदायिक विकास समाज मन्थलीद्वारा सञ्चालित व्यावसायिक सीप र कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा
समाचार

यातायात क्षेत्रका प्रतिनिधिसँग प्रचण्डको छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *