समाचार

यातायात क्षेत्रका प्रतिनिधिसँग प्रचण्डको छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका छन् ।

बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष प्रचण्डले दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाएका छन् ।

आफूले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै उहाँले यससम्बन्धी विस्तृत जानकारी यातायात क्षेत्रबाट लिएर प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा समाधानका लागि पहल गर्न छलफल आयोजना गरेको जानकारी दिए ।

सो क्रममा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले यातायात क्षेत्रले संकट व्यहोर्नुपरेको, व्यावसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए । सरकारले पूरै शक्ति लगाएर तीन चार दिनभित्र पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए ।

प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राई लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Shares:

Related Posts

समाचार

बागमतीको बजेटमा फेरि उपेक्षित रामेछाप, जिल्ला वासी निराश, मौन बसे प्रदेश सांसदहरू

रामेछाप, असार ३ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेट भाषण सोमबार सार्वजनिक भयो । तर, उक्त बजेटमा रामेछाप जिल्ला फेरि पनि उपेक्षित देखिएको छ। सडक, स्वास्थ्य, शिक्षा,
समाचार

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा

मन्थली नगरपालिकाका १४ वटै वडा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणारामेछाप । जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाका सबै (१४ वटा ) वडाहरूलाई एकैसाथ ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ। बुधवार
समाचार

सरकारले सामाजिक सञ्जाल बन्द गर्नु लजास्पद कुरा –स्वर्णिम वाग्ले

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का उपसभापति एबं प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले बर्तमान सरकार समाजिक सञ्जाल वन्द गर्नृ गरि लजास्पद कुरा भएको बताए ।आज शुक्रबार रामेछापको मन्थलीमा आयोजित
समाचार

दिनदिनै भासिँदै केउरेनी बस्ती, पानी प¥यो कि मनै काँप्छ, पहिरोले लान्छ कि भन्ने डर

रामेछाप । जिल्लाको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित केउरेनी दिनदिनै भासिँदै जान थालेको छ । विगत लामो समयदेखि स–साना पहिरो चल्दै आएको सो बस्ती २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *