समाचार

निशुल्क कफी वारिष्टा तालिम सुरु

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.५ मा निशुल्क कफी वारिष्टा तालिम सुरु भएको छ । सामुदायिक विकास समाज मन्थलीद्वारा सञ्चालित व्यावसायिक सीप र कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा उद्यमशिलता प्रबर्धन परियोजनाको आयोजनामा १८ दिने निशुल्क कफी वारिष्टा तालिम बुधवार उद्घाटन भएको हो ।
खाँडादेवी गाउँपालिका वडा नं। ५ का वडाध्यक्ष मनोज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा खाडादेवी गाउँपालिकाको कार्यवाहक अध्यक्ष रमा घिसिङले तालिम उद्घाटन गरेकी हुन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौरव राज के.सी. लगाएतको उपस्थिति रहेको थियो । तालिममा खाँडादेवी गाउँपालिकाका २२ जना युवाहरूको उपस्थिति रहेको कार्यक्रम संयोजक सुकराम घिसिङले जानकारी दिए ।
त्यस्तै सोही परियोजना अन्तर्गत खाँडादेवी गाउँपालिका वडा नम्बर ७, खाडादेवी मन्दिर आसपासमा दिने निशुल्क होम स्टे कुक तालिम उद्घाट्न भएको घिसिङले जानकारी दिए । तालिममा २० जनाको सहभागिता रहेको छ ।
सामुदायिक विकास समाज जिल्लामा लामो समय देखि सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

Shares:

Related Posts

समाचार

वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा दुई नगरपालिका सम्मानित

जिल्ला समन्वय समिति रामेछापले रामेछाप नगरपालिका र मन्थली नगरपालिकालाई सम्मान गरेको छ । वार्षिक प्रगति समीक्षा कार्यक्रमका अवसरमा वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मन्थली नगरपालिका र स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा रामेछाप
समाचार

कृष्णपुरी मावि सफल भयो सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि

कृष्णपुरी मावि सफल भयो सुनाप गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधिरामेछाप– सुनापति गाउँपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि कृष्णपुरी माविले उचाल्न सफल भएको । मंगलबार सम्पन्न प्रतियोगितामा ७
समाचार

बीपी राजमार्ग एक महिनाका लागि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुलीखण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ साढे ६ बजेदेखि बिहान
समाचार

मन्थली नगरपालिकाको १६ औँ नगर सभा सम्पन्न वित्तीय प्रगति २७.९९ प्रतिशत

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको छ । यो अवधिमा नगरको विकास बजेट पुँजीगत खर्च भने ९ प्रतिशत मात्रै

Leave a Reply

Your email address will not be published. Required fields are marked *