समाचार

वसन्त पञ्चमीको दिन उमाकुण्डका विद्यालयमा फुड फेस्टिबल

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर विद्यालयहरुमा फुड फेस्टिबल कार्यक्रम गरिएको छ। विद्यार्थीको सिर्जनशीलता, व्यवहारिक ज्ञान र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रमले सबैको ध्यान तानेको थियो। उमाकुण्ड गाउँपालिकाका श्री महालंगुर माध्यमिक विद्यालय, श्री सिद्धेश्वर माध्यमिक विद्यालय, श्री जनता माध्यमिक विद्यालय, श्री चण्डेश्वरी माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, श्री कैलेश्वर माध्यमिक विद्यालय र श्री कास्थेम माध्यमिक विद्यालयमा फुड फेस्टिबल आयोजना गरिएको थियो।
फुड फेस्टिबलमा विद्यार्थीहरूले घरमै उत्पादित रैथाने अन्नबाली तथा स्थानीय सामग्री प्रयोग गरी विविध परिकार प्रस्तुत गरेका थिए। “स्थानीय परिकारको संरक्षण र प्रवद्र्धन गरौं, घरघरमा रैथाने अन्नको प्रयोग बढाऔं” भन्ने मूल सन्देशसहित आयोजित प्रतियोगितात्मक कार्यक्रममा सहभागी विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धा देखिएको थियो। उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्रदान गर्दै पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत , विद्यालय व्यवस्थापन समिति तथा पदाधिकारी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, फिडर विद्यालयका शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यार्थीको आत्मविश्वास, प्रस्तुति कला र सहकार्यको भावना प्रशंसनीय रहेको प्रतिक्रिया दिएका थिए।
उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले विद्यालयमा आयोजना गरिएको फुड फेस्टिबललाई शिक्षा र सीपको उत्कृष्ट संगम भएको बताए। उनले भने, “हामीले विद्यालयलाई केवल अक्षर चिन्ने ठाउँका रूपमा मात्र होइन, जीवनोपयोगी सीप सिक्ने केन्द्रका रूपमा विकास गर्न खोजिरहेका छौँ। यो ’फुड फेस्टिबल’ ले हाम्रो स्थानीय मौलिक स्वादको संरक्षण मात्र गरेको छैन, विद्यार्थीहरूमा उद्यमशीलता र ’सिक्दै कमाउँदै’ भन्ने भावनाको विकास पनि गराउन सक्छ। गाउँपालिकाले यस्ता रचनात्मक र व्यावहारिक सिकाई क्रियाकलापलाई आगामी दिनमा थप प्रोत्साहन र सहयोग गर्ने नीति लिएको छ।“
भुजेलले थप्दै भने बालबालिकाहरूले आफ्नै गाउँघरमा पाइने कोदो, फापर, आलु र जौ जस्ता सामग्रीबाट विभिन्न आधुनिक र परम्परागत परिकार बनाउन सिक्नुले उनीहरूलाई भोलि स्वरोजगार बन्न र स्थानीय उत्पादनको बजारीकरण बुझ्न ठूलो मद्दत पुग्नेछ।
आयोजकका अनुसार यस किसिमको कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक सिकाइ, सिर्जनशीलता, आत्मनिर्भरता र टोली भावना विकास गर्नुका साथै स्थानीय स्रोतसाधन र परम्परागत संस्कृतिको संरक्षण तथा प्रयोगको महत्त्वबारे सचेतना बढाउने अपेक्षा गरिएको छ। उक्त फुड फेस्टिबल कार्यक्रम सञ्चालनका लागि उमाकुण्ड गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको विद्यालयले जनाएको छ।

Shares:

Related Posts

समाचार

८ औँ मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

रामेछाप । ८ औँ मन्थली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ। मन्थली नगरपालिका–नगर खेलकुद विकास समितिको आयोजनामा मन्थली माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख
समाचार

सरसफाईमा हँसिया बोकेर बिहानै विटार पार्कमा उपमेयर

सरसफाईमा हँसिया बोकेर बिहानै विटार पार्कमा उपमेयर रामेछाप । शनिवार बिहानै रामेछाप नगरपालिकाकी प्रमुख बाल कुमारी कार्की विटार पार्क पुगिन् । झट्ट हेर्दा बिहानै त्यो पनि शनिवार भएको कारणले ’मर्निङवाक’
समाचार

भरत चौलागाईद्वारा ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवी भरत प्रसाद चौलागाईले मन्थली नगरपालिका–२ कठजोरस्थित निलकण्ठेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत ४ सय विद्यार्थीलाई ट्याकसुट वितरण गरेका छन्।शुक्रबार विद्यालय परिसरमै आयोजित एक विशेष
समाचार

सकियो कृषि तथा लघु उद्यम प्रदर्शनी

रामेछाप पौष १८ । जिल्लाको मन्थली नगरपालिकाको आयोजनामा दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला बुधवार सम्पन्न भएको छ । मंगलवार ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले

Leave a Reply

Your email address will not be published. Required fields are marked *