समाचार

मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले स्वास्थ्य क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको छ। नगरभित्रका जन्मिनेदेखि ५९ महिना (५ वर्ष) सम्मका कुनै पनि बालबालिका खोप पाउनबाट बञ्चित नभएको सुनिश्चित गर्दै मन्थलीलाई ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका’ घोषणा गरिएको छ।
शनिबार आयोजित एक विशेष समारोहका बीच जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा र जनस्वास्थ्य कार्यालयका प्रमुख विभुकुमार झाले संयुक्त रूपमा मन्थली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरे।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार १४ वटै वडाका लक्षित उमेर समूहका झन्डै १ हजार ६ सय बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसारका सबै खोप उपलब्ध गराइएको छ। ‘नगरपालिका भित्रका नागरिकमा स्वास्थ्य चेतना बढेको छ। हाल ४२ वटा खोप केन्द्रमार्फत नियमित खोप सेवा सञ्चालन भइरहेको छ,’ स्वास्थ्य शाखा प्रमुख केशवराज फुँयालले भने।
जनस्वास्थ्य कार्यालयका प्रमुख विभुकुमार झाले यो सफलता स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका र समुदायबीचको बलियो सहकार्यको उदाहरणीय नतिजा भएको उल्लेख गरे।
पूर्ण खोप नगर घोषणा गरेर मात्रै मन्थली बस्नेवाला छैन, यसको निरन्तरता र दिगोपनलाई प्रमुख प्राथमिकतामा राखिएको छ। कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले भने, ‘घोषणा हुनु एउटा महत्त्वपूर्ण चरण हो, तर यसको दिगोपना कायम राख्नु अझ बढी चुनौतीपूर्ण पक्ष हो। यसका लागि सबै पक्षको सहकार्य थप सुदृढ हुनुपर्छ ।’
त्यस्तै, नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले पछिल्लो समय अभिभावकहरूमा बढेको जिम्मेवारीबोध र स्वास्थ्यकर्मीको निरन्तरको खटर्इाले खोपको पहुँच बढाएको बताइन्। उनले भनिन्, ‘यो केवल एउटा उपलब्धि मात्र होइन, हाम्रो काँधमा थपिएको ठुलो जिम्मेवारी पनि हो।’
जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमबहादुर थापाले मन्थली नगरपालिकाले स्वास्थ्य क्षेत्रमा देखाएको यो तत्परता जिल्लाका अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी बन्ने बताए। उनले खोपको दिगोपनासँगै स्वास्थ्य र विकासका अन्य सूचकहरूमा पनि मन्थली अग्रणी बन्नुपर्ने सुझाव दिए।
कार्यक्रममा उपस्थित नगरस्तरीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले यो ऐतिहासिक घोषणाको स्वागत गर्दै आगामी दिनमा पनि गाउँ–गाउँसम्म खोपको पहुँच टुट्न नदिने प्रतिबद्धता जनाएका छन्।

Shares:

Related Posts

समाचार

मन्थली नगरपालिकाका सामुदायिक विद्यालयले कुलमान घिसिङलाई बुझाए अनुरोध पत्र

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामुदायिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विद्युत् निःशुल्क उपलब्ध गराउन माग गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई
समाचार

रामेछापमा टिपर पल्टिँदा एक जनाको घटना स्थलमै मृत्यु

रामेछाप । टिपर पल्टिँदा एक जनाको घटना स्थलै मृत्यु भएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित सेलेघाटमा टिपर पल्टिँदा चालक अन्दाजी ५० वर्षीय जयबहादुर माझीको घटना स्थान
समाचार

गोकुलगंगा गाउँपालिकाको १६ औँ अधिवेशन सम्पन्न चालु खर्च ३५.७२ प्रतिशत रामेछाप । रामेछापको गोकुुलगंगा गाउँपालिकाको गाउँ सभा तथा भएको छ । गाउँपालिकाको सभा हलमा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)
समाचार

रामेछाप नगरपालिकाले प्रदान गर्यो वडा कार्यालयमै पुगेर भिडियो एक्स–रे सेवा

रामेछाप । रामेछाप नगरपालिकाले वडा कार्यालयमै पुगेर भिडियो एक्स–रे सेवा प्रदान गरेको छ । रामेछाप नगरपालिकाको चालू आ.ब.२०८१÷०८२ को दोस्रो चौमासिक अवधिमा सम्पादित सेवा प्रवाह र विकास निर्माण कार्यहरूको सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *