अन्य

भ्रम फैलाउनेलाई सप्रमाण उपस्थित हुन दोरम्बा शैलुङ गाउँपालिका दियोले चुनौती

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ मा निर्माणाधीन गाल्बा–दोरम्बा सडकअन्तर्गत शान्ति पार्क क्षेत्रलाई लिएर अफवाह फैलिएको भन्दै गाउँपालिकाले कडा प्रतिवाद जनाएको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत गाउँपालिकाले सडक निर्माण कार्य प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मातहत सम्पन्न भइरहेको स्पष्ट पार्दै सामाजिक सञ्जालमा हालै आएका अभिव्यक्तिहरूलाई आधारहीन ठहर गरेको हो।
दोरम्बा–१ का स्थानीय दावासाङ्बु शेर्पाले सामाजिक सञ्जालमार्फत गाउँपालिका अध्यक्ष, ठेकेदार र इन्जिनियरलाई लक्षित गर्दै ग्याबियन प्रयोग, निर्माण प्रक्रिया र ठेक्का सम्बन्धी विषयमा टिप्पणी गरेका थिए। तर गाउँपालिकाले ती दाबीहरूलाई वास्तविकताभन्दा टाढा रहेको भन्दै खण्डन गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “उक्त पोस्टमा गरिएको दाबी तथ्यहरूसँग मेल खान्न। त्यसैले आम नागरिकलाई यस्ता कपोलकल्पित, भ्रामक र व्यक्तिलक्षित दुष्प्रचारप्रति विश्वास नगर्न अनुरोध गर्दछौँ।”
योजना सम्बन्धी थप जानकारी लिन इच्छुक जोकोहीले प्रत्यक्ष सम्बन्धित निकायसँग सम्पर्क गर्न सकिने व्यवस्था रहेको जनाउँदै गाउँपालिकाले गलत सूचना प्रवाह गर्ने व्यक्तिमाथि आवश्यक कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।
त्यसमाथि, गाउँपालिकाले दाबी गर्ने व्यक्तिलाई आफ्ना आरोप सप्रमाण प्रस्तुत गर्न सार्वजनिक चुनौती पनि दिएको छ। विज्ञप्तिमा गाउँपालिकाले सडक निर्माणसहित सबै योजनामा पारदर्शिता कायम राख्दै जनविश्वासका साथ विकास कार्यलाई अघि बढाइने प्रतिबद्धता दोहो¥याएको छ ।

Shares:

Related Posts

अन्य

b'O{ afns km]nf cfkmGtnfO{ nufO{of] lhDdf बेपत्ता दुई बालक फेला आफन्तलाई लगाईयो जिम्मारामेछाप । गोकुलगंगा गा.पा.६ फर्पुका बस्ने दुई बालकलाई प्रहरीले आफन्तलाई जिम्मा लगाएको छ । आज बुधबार नै सम्पर्क
अन्य

आजदेखि सार्वजनिक सवारी साधनमा (रुट परमिट) खुला

काठमाडौँ, ६ असोजः यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला
अन्य

रामेछाप नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिक अवधिमा १५.६१ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट ७६ करोड
अन्य

जिल्लामा ठूलो बजेट प्रस्तुत गर्ने मन्थली नगरपालिका, १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत १ अर्ब बढीको बजेट

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिका उपप्रमुख बस्नेतले आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब ४ करोड ६५ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *