अन्य

दोरम्बा शैलुङःछैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कण्ठेश्वर र कालिका मा बि बीच प्रतिस्पर्धा


रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा बिहिवार देखि सुरु भएको छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उत्साहपूर्ण वातावरणमा जारी छ। गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूबीच हुने यो वार्षिक प्रतिस्पर्धामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। उद्घाटनसँगै विभिन्न विधाका खेलहरू सम्पन्न भई प्रारम्भिक पदक तालिका सार्वजनिक गरिएको छ।
श्री कण्ठेश्वर माध्यमिक विद्यालय वडा नं. ३ पहिलो दिनमै अग्रस्थानमा देखिएको थियो। विद्यालयले ९ स्वर्ण, ४ रजत र ५ कास्य पदक सहित उत्कृष्ट प्रदर्शन गरेको छ। कठोर प्रतिस्पर्धामै श्री कालिका माध्यमिक विद्यालय वडा नं. ६ ले ९ स्वर्ण, ६ रजत र ११ कास्य पदक बटुल्दै शीर्ष स्थानमा कडा चुनौती दिएको छ।
भिमेश्वर मावी वडा नं. ७ ले ५ स्वर्ण, ७ रजत र ३ कास्य, अन्तराष्ट्रिय मावी वडा नं. ७ ले ३ स्वर्ण, १ रजत र ३ कास्य, सेतीदेवी मावी वडा नं. ५ ले २ स्वर्ण, ३ रजत र ८ कास्य, काकलिङ मावी वडा नं. २ ले ५ रजत र २ कास्य, खारपानी मावी वडा नं. ४ ले ३ रजत र २ कास्य, शिवलिङ्गेश्वर मावी वडा नं. ४ ले ५ कास्य, सञ्जिवनी मावी वडा नं. १ ले १ स्वर्ण, १ रजत र ३ कास्य, सुर्के देउराली मा वि वडा नं. १ ले १ स्वर्ण र २ कास्य बटुलेको छ।
अहिलेसम्मको प्रतिस्पर्धामा जम्मा ३० स्वर्ण, ३० रजत र ४४ कास्य पदक वितरण गरिएको छ।
दोरम्बा शैलुङ गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भइरहेको यो प्रतियोगिता स्थानीय विद्यार्थीको खेलकुद प्रतिभा विकास, अनुशासन, प्रतिस्पर्धात्मक भावना र समूहगत समन्वय अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ।
गाउँपालिका स्तरमै सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थानीयस्तरमा खेलकुद प्रवद्र्धन गर्ने प्रमुख माध्यमका रूपमा स्थापित हुँदै आएको छ। प्रतियोगिता समापनसम्म प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा राखिएको छ।

Shares:

Related Posts

अन्य

भ्रम फैलाउनेलाई सप्रमाण उपस्थित हुन दोरम्बा शैलुङ गाउँपालिका दियोले चुनौती

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ मा निर्माणाधीन गाल्बा–दोरम्बा सडकअन्तर्गत शान्ति पार्क क्षेत्रलाई लिएर अफवाह फैलिएको भन्दै गाउँपालिकाले कडा प्रतिवाद जनाएको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमार्फत गाउँपालिकाले सडक निर्माण कार्य
अन्य

रामेछाप नगरपालिकाले गर्यौ जिल्लाको नाम चम्काउनेलाई सम्मान

रामेछाप । जिल्लाको नाम चम्काएको भन्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) जिल्ला शाखा रामेछाप र किशोरी कार्कीलाई रामेछाप नगरपालिकाले सम्मान गरेको छ ।गत शनिवार देशभरि कै ‘उत्कृष्ट जिल्ला शाखा’
अन्य

आजदेखि सार्वजनिक सवारी साधनमा (रुट परमिट) खुला

काठमाडौँ, ६ असोजः यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला
अन्य

रामेछाप नगरपालिकाको पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो चौमासिक अवधिमा १५.६१ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट ७६ करोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *