अन्य

लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला तथा अन्तरक्रिया

नेपाल औषधि व्यवसायी संघ बाग्मति प्रदेश को समन्वय,औषधि व्यवस्था विभागको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापको आयोजनामा लागु तथा मनोद्दिपक औषधि सम्वन्धी एकदिने कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम दोलखा चरिकोटमा भव्य रुपमा सम्पन्न भएको छ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष जीवन कुमार श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा ४०जनाको सहभागीता रहेको थियो। प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको प्रमुख आथित्यमा भएको सो कार्यक्रममा भिमेश्वर नगरपालिकामा रहेका निजी एवं सरकारी विधालयका विधार्थीहरुको पनि उपस्थिति रहेको  थियोे।

यस संस्थाका कोषाध्यक्ष भरत बस्नेतले संचालन गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ,नेपाल औषधिव्यवसायी संघ वाग्मती प्रदेशका अध्यक्ष तथा सचिब एबं भिमेश्वर नगरपालिकाका प्रशासकीय अधिकृतले लागु तथा मनोद्दिपक औषधिको दुरुपयोगले समाजमा पुर्याउने असरको बारेमा आ-आफ्नो धारणा राख्नु भएको थियोे।

नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछापका अध्यक्ष जीवन कुमार श्रेष्ठले संस्थाको गतिविधि एबं लागु तथा मनोद्दिपक औषधिको संम्वन्धमा आफ्नो धारणा राखेर कार्यक्रम समापन गर्नुभएको थियो।

औषधि व्यवस्था विभागका फार्मेसी निरिक्षक विकास श्रेष्ठले औषधि व्यवसायी एबं विधार्थी हरुलाई लागु तथा मनोद्दिपक औषधि सम्वन्धि जानकारी गराउन दुई  घण्टा कक्षा संचालन गर्नु भएको थियो।सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ दोलखा रामेछाप संयुक्त जिल्ला साखाले उपस्थित अथिति महानुभावहरुलाई र प्रतिनिधि विधालयलाई मायाको चिनो प्रदान गरेको थियोे।

प्रतिक्रिया दिनुहोस्

Shares:

Related Posts

अन्य

संसद् पुनस्थापनामाग गर्दै एमालेले शनिबार वृहत् जनप्रदर्शन र जनसभा गर्ने

रामेछाप । संसद् पुनस्थापना, शान्ति–सुरक्षा र सुशासनका मागसहित नेकपा एमाले रामेछापले शुक्रबार कार्तिक २९ गते मन्थलीमा वृहत् जनप्रदर्शन र जनसभा आयोजना गर्ने भएको छ। पार्टीले शुक्रबार बिहान मन्थलीस्थित कार्यालयमा आयोजना
अन्य

b'O{ afns km]nf cfkmGtnfO{ nufO{of] lhDdf बेपत्ता दुई बालक फेला आफन्तलाई लगाईयो जिम्मारामेछाप । गोकुलगंगा गा.पा.६ फर्पुका बस्ने दुई बालकलाई प्रहरीले आफन्तलाई जिम्मा लगाएको छ । आज बुधबार नै सम्पर्क
अन्य

रामेछाप नगरपालिकाले गर्यौ जिल्लाको नाम चम्काउनेलाई सम्मान

रामेछाप । जिल्लाको नाम चम्काएको भन्दै राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) जिल्ला शाखा रामेछाप र किशोरी कार्कीलाई रामेछाप नगरपालिकाले सम्मान गरेको छ ।गत शनिवार देशभरि कै ‘उत्कृष्ट जिल्ला शाखा’
अन्य

सरकार र सुनचाँदी व्यवसायीबीच सहमती आज बाट सुनचाँदी पसलहरु संचालन हुने

काठमाण्डौ – सुनचाँदी व्यवसायीहरूले सरकारसँग सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।हिजो असार २६ गते अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच सहमति भएको हो । यस सहमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *