समाचार

खुल्यो बिपी राजमार्ग सवारी साधन आवतजावत सुरु

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षाले क्षतिग्रस्त बिपी राजमार्ग शनिवारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले १९ स्थानमा डाइभर्सन निर्माण गरी सडक परीक्षण गरेपछि शनिवार बिहानदेखि राजमार्गमा सवारी साधन आवतजावत सुरु भएको जनाएको छ।
डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले भने, “चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्ले र माम्तीका विभिन्न स्थानमा डाइभर्सन निर्माण गरेका हौँ। साँघुरो र कमजोर ठाउँमा रातभर काम गरेर मात्र बिहान राजमार्ग सञ्चालनमा ल्याउन सम्भव भएको हो।”
रोशी खोलाको बाढीले करिब चार किलोमिटर सडक कटान गर्दा पूर्व–पश्चिम आवतजावतमा ठुलो समस्या सिर्जना भएको थियो। स्थानीय बस चालक रामु थापाले भने, “यसरी चाडबाड सकेर राजधानी फर्कने बेलामा सडक बन्द हुँदा यात्रुहरू र हामी सबै ठुलो असुविधामा थियौँ। सडक खुलेको खबरले राहत महसुस भयो।”
पर्वको समयसँगै मालसामान ढुवानीमा पनि समस्या परेको थियो। बिपि राजमार्गका पसल व्यवसायी गोविन्द अधिकारीले भने, “सडक खुल्दा अब सामान समयमै बजारमा पुग्नेछ। उपभोक्तालाई सुविधा मिल्ने भएको छ।”
शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली सकेर परीक्षण गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन गरिएको बताए।
कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको थियो । राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो । “ट्रयाक खोलीसकेर खुलेको सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण ग¥यौँ र थप सुधार गर्नुपर्ने तथा साँघुरो भएको स्थानमा राति काम गरेर शनिवार बिहानदेखि पूर्ण रूपमा राजमार्ग सञ्चालनमा ल्याएका हौँ”, योगेशले भने। रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो ।
पूर्वी नेपाल जोड्ने छोटो दूरीको प्रमुख मार्ग बिपी राजमार्गबाट दैनिक हजारौँ सवारी साधन आवतजावत गर्छन्। डिभिजन सडक कार्यालयले क्षतिग्रस्त सडकको स्थायी निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइरहेको थियो।
राजमार्ग खुला भएपछि सवारी चाप बढेको छ। साना मोटरसाइकलदेखि ठूला बस र ट्रकहरू लामबद्ध भएर गुडिरहेका छन्। सडक खुला हुनु मात्र नभई स्थानीय जीवन पुनः सामान्य भएको महसुस गर्न सकिन्छ । व्यापारीको कारोबार सुरु भएको छ, यात्रु सुरक्षित रूपमा गन्तव्यसम्म पुगिरहेका छन्, र गाउँ–सहरको संपर्क पुनः कायम भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिहीबार सडक अवलोकन गरी डाइभर्सन निर्माण कार्य तीव्र बनाउन निर्देशन दिएका थिए। त्यस पश्चात सडक निर्माणको गतिलाई द्रुत गतिमा बढाईएको थियो । जसको फलस्वरुप छोटो समयमा नै बिपि राजमार्ग पुनः संचालनमा आउन सफल भएको छ ।

Shares:

Related Posts

समाचार

मन्थली नगरपालिकाका सामुदायिक विद्यालयले कुलमान घिसिङलाई बुझाए अनुरोध पत्र

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामुदायिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन विद्युत् निःशुल्क उपलब्ध गराउन माग गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई
समाचार

सेतीदेवी आ वि सिम्लेमा खानेपानी अभाव भयो पुरारामेछाप । रामेछाप नगरपालिका वडा नं ७ शुकाजोर सिम्लेमा रहेको श्री सेतिदेवी आधारभूत विद्यालयमा खानेपानीको अभाव पुरा भएको छ । स्थापना काल देखिनै
समाचार

जनाताको आखाँमा छारो हाल्दै निर्माण व्यवसायी खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग गर्दै

रामेछाप । मन्थली–रामेछाप सडक मर्मत कार्य गुणस्तरहीन भएको पाइएको छ । मन्थली–रामेछाप सडक मर्मतको ठेक्का पाएको ठेकेदार कम्पनी शंकर–सिम्रन–प्रथमा जे.भि.ले मर्मत कार्यमा लापरबाही गरी गुणस्तरहीन काम गर्दै आएको छ ।शंकर–सिम्रन–प्रथमा
समाचार

पर्यटन प्रवर्धनका लागि सुनपाती गाउँपालिकाले सुरु गर्यो जलयात्रा (-याफ्टिङ)

रामेछाप । सुनकोसीमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवर्धनको लागि सुनकोसीको काभ्रे, सिन्धुली र रामेछाप क्षेत्रमा सो सेवा सञ्चालनमा ल्याइएको हो । सुनकोसी–सुनपाती–लहरेमाने पर्यटकीय संरक्षण क्षेत्रको आयोजना ¥याफ्टिङ सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *