समाचार

पर्यटन प्रवर्धनका लागि सुनपाती गाउँपालिकाले सुरु गर्यो जलयात्रा (-याफ्टिङ)

रामेछाप । सुनकोसीमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवर्धनको लागि सुनकोसीको काभ्रे, सिन्धुली र रामेछाप क्षेत्रमा सो सेवा सञ्चालनमा ल्याइएको हो । सुनकोसी–सुनपाती–लहरेमाने पर्यटकीय संरक्षण क्षेत्रको आयोजना ¥याफ्टिङ सेवा शुभारम्भ गरिएको छ ।
रामेछाप स्थित संरक्षण क्षेत्र संस्थाका अध्यक्ष राजकुमार मैनालीको अध्यक्षता तथा सुनपाती गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङको प्रमुख अतिथ्यतामा सुनकोसीमा ¥याफ्टिङ उद्घाटन गरिएको हो । सुनापतिको च्याडीटारबाट सुनकोसी नदीमा ¥याफ्टिङ हेलेर कार्यक्रम शुभारम्भ गरिएको थियो । ¥याफ्टिङबाट सिन्धुली, रामेछाप र काभ्रे रोशीको संगमसम्म जलयात्रा गरिएको थियो ।
¥याफ्टिङ उद्घाटन गर्दै सुनापती गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङले खुसी व्यक्त गरे । उनले भने – ¥याफ्टिङले पर्यटन प्रवर्धनमा सहयोग पुग्नेछ । यसले नागरिकको आय आर्जनमा समेत टेवा पुग्ने देखिन्छ ।
काठमाडौँको नजिकै भएको कारण पनि सुनकोसीमा जल पर्यटनको राम्रो सम्भावना रहेको गाउँपालिका उपाध्यक्ष गीता विष्टले बताइन् । उनले भनिन् – सहरको उकुसमुकुस वातावरणबाट सुनकोसीमा आएर ¥याफ्टिङ यात्राको मज्जा लिन पाइने हुनाले यसको फाइदा लिन सकिन्छ । उनले यहाँ आउन समेत अनुरोध गरिन् ।
सुनापतिमा यस अघि प्याराग्लाइडिङको पनि सफल परीक्षण गरिएको संस्थाका अध्यक्ष मैनालीले जानकारी दिए । सुनकोसीको ¥याफ्टिङसँगै आन्तरिक र बाह्य पर्यटकले शैलुङसम्मको यात्रा गर्न सक्ने उनको भनाई छ । आन्तरिक तथा बाह्य पर्यटकलाई समेत ¥याफ्टिङको मज्जा लिन आउन उनले अनुरोध गरे ।

Shares:

Related Posts

समाचार

रामेछाप नगरपालिकाका ९ वटै वडा एकैसाथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाका ९ वटै वडा मंगलबार एकैसाथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन्। नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्दै आएको प्रगतिको आधारमा वडा नं १ गोठगाउँ,
समाचार

बागमती प्रदेश सरकारले ल्यायोे ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट, कुन मन्त्रालयमा कति बजेट, स्थानीय तहले कति पाए

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ (३८.६ प्रतिशत) र पूँजीगत तर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ (६१.४ प्रतिशत) बजेट
समाचार

१ सय ५१ कुकुरको बन्ध्याकरण

रामेछाप । रामेछाप नगरपालिकाले छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण शिविर सम्पन्न गरेको छ । गत १६ गते देखि संचालन भएको ५ दिने शिविरमा १ सय ५१ छाडा तथा घरपालुवा कुकुरको
समाचार

रामचन्द्रलाई जिताउन आफू जुनसुकै मूल्य चुकाउन तयार : कान्छाराम

रामेछाप । नेपाली कांग्रेसका जिल्ला सभापति एवं पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले आगामी निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई जिताउन आफू जुनसुकै मूल्य चुकाउन तयार रहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *