समाचार

सेतीदेवी आ वि सिम्लेमा खानेपानी अभाव भयो पुरा
रामेछाप । रामेछाप नगरपालिका वडा नं ७ शुकाजोर सिम्लेमा रहेको श्री सेतिदेवी आधारभूत विद्यालयमा खानेपानीको अभाव पुरा भएको छ । स्थापना काल देखिनै खानेपानीको अभाव ब्यहोर्दे आएको उक्त विद्यालयमा धारा पुग्दा त्यहाँका विद्यार्थी, शिक्षक र अभिभावकहरु उत्साहित भएका छन् । सामाजिक क्षेत्रमा काम गर्दै आएको मानव मिलन नारी जागरण काठमाडौले मुक्तिनाथ बैंक सगँको सहकार्यमा खानेपानीको लाईन निर्माण सहित धारा निर्माण गरी उक्त खानेपानीको योजना विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका प्रमुख खिला बहादुर कार्कीले बताए ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच मानव मिलन नारी जागरण काठमाडौका अध्यक्ष सुनिता सिग्देले उक्त धारा विद्यालयलाई हस्तान्तरण गर्नुभयो । धारा निर्माण भएसँगै विद्यालयमा अध्ययनरत बालबालिकाहरुले सहज रुपमा पिउने पानी उपभोग गर्न पाउने भएका छन ।

विद्यालयमा आयोजित एक कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले समाज परिवर्तन गर्न यस्तै यस्तै काम गर्नुपर्ने बताउनुभयो । स्थानिय तहमा माग धेरै,समस्या धेरै तर बजेट अभाव रहेको भन्दै उहाँले मुक्तिनाथ विकास बैंक र मानव मिलन नारी जागरणलाइ सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो । आगामि दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमका अवसरमा मानव मिलन नारी जागरणका अध्यक्ष सुनिता सिग्देलले मानव मिलन नारी जागरण एउटा सानो सस्था रहेको र यसले बिभिन्न ठाउमा सके जति सहयोग गर्दै आएको बताउनुभयो । विद्यालयलाई आगामी दिनमा पनि सकेसम्म सहयोग गर्दै जाने सोच सँस्थाले बनाएको पनि सिग्देलको भनाई रहेको छ ।

Shares:

Related Posts

समाचार

नागरिकको सहयोग विना गाउँपालिका समृद्धि हुदैन् – अध्यक्ष महत

रामेछाप । समाजको उन्नति, प्रगति र समग्र विकासको लागी जनप्रतिनिधिले काम गरेर मात्रै नहुने लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले बताए । नागरिकको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग विना गाउँपालिकाको समृद्धि
समाचार

५ म्याग्निच्युडको भूकम्प धक्का, रुकुम पूर्वको कोल केन्द्रविन्दु

काठमाडौँ । रुकुम पूर्वको कोल क्षेत्रलाई केन्द्रविन्दु बनाएर आइतबार साँझ मध्यम रगतिको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेट जाँदा ५।०
समाचार

सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते

सिन्धुली । सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । काठमान्डौबाट विराटनगर हिँडेको वा५ख६६१८ नम्बरको माईक्रोबस विपी राजमार्गको कमलामाई नगरपालिका वडा नं. ८ सिस्नेरीमा दुर्घटना हुँदा हायस चालक
समाचार

नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित

१४ कात्तिक, रामेछाप । नेकपा नेकपा (एमाले) को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको अध्यक्षमा सुरेश उदास निर्वाचित भएका छन् । तेस्रो साधारण सभा दोस्रो जिल्ला अधिवेशनबाट उदासको अध्यक्षतामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *