समाचार

तिहार लक्षित बजार अनुगमन

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकामा रहेको पसलहरूमा जिल्ला अनुगमन समितिले तिहार लक्षित अनुगमन गरेको छ । शनिवार गरिएको अनुगमनमा बजारमा बिक्रीका लागि राखिएका भाई मसला, चिउरा, मैदा, नरिवलजस्ता सामग्रीहरूको गुणस्तर अनुगमन गरिएको थियो। टोलीले कुहिएको नरिवल, म्याद गुज्रेको मैदा र गुणस्तरीय मापदण्ड पूरा नगरेका चिउरा जफत गरी नष्ट गरेको जनाएको छ।
अनुगमन टोलीले खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी मन्दिर आसपासका पसलहरू, खाँडादेवी गाउँपालिकाको कार्यालय वरपरका पसल तथा होटलहरू र सित्खा बजारमा रहेको पसलहरूमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही पसलहरू दर्ता नगरि चलाईएका, केही पसल गाउँपालिकामा दर्ता गरिए पनि पान नं. नलिएको र केही पसल किरानाका लागि दर्ता गरिएको भए पनि मदिरा तथा फेन्सी समेत सँगै विक्रिवितरण गरिएको पाईएकोले नियमानुसार गर्न सुझाव दिईएको थियो ।
पर्वको समयमा गुणस्तरीय सामग्री उपभोक्तासम्म पुगोस भन्ने हाम्रो मुख्य उद्देश्यले अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेजराज शर्माले बताए । अनुगमनले उपभोक्ताको हित सुरक्षित गर्ने मात्र होइन, व्यापारीलाई पनि जिम्मेवार बनाउने उनको धारणा थियो ।
जिल्ला अनुगमन समितिको सक्रियता र नियमित निरीक्षणले बजारमा विश्वास कायम राख्ने उद्योग तथा वाणिज्य कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरेले बताए । उनले अनुगमनका क्रममा व्यवसायीहरूलाई उपभोक्ताको स्वास्थ्यलाई ख्याल राखी गुणस्तरीय सामान बेचबिखन गर्न आग्रह गरे ।
अनुगमन टोलीले स्थानीय व्यापारी र उपभोक्तासँग सल्लाह–सुझाव संकलन गर्दै, भविष्यमा पनि यस्ता अनुगमन नियमित राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल पत्रकार महासंघ रामेछापका सह–सचिव कुमार श्रेष्ठले भने, “पत्रकारिताले अनुगमनको सकारात्मक पक्ष र उपभोक्ता अधिकारको रक्षा प्रवद्र्धन गर्छ। यो कार्यले स्थानीय बजारमा विश्वास कायम गर्न मद्दत गरेको छ।”
अनुगमन कार्यक्रमले उपभोक्तामा विश्वास जागृत गर्दै गुणस्तरीय बजार सुनिश्चित गर्न प्रभावकारी भूमिका खेल्न सहयोग गरेको छ । अनुगमन टोलीले कुशल र व्यवस्थित रूपमा पसलहरूको निरीक्षण गरी पर्व नजिकिँदै गर्दा उपभोक्ताको हित सुरक्षित गर्ने कोसिस गरेको छ ।

Shares:

Related Posts

समाचार

यातायात व्यवस्था कार्यालय, खुर्कोटमा लाइसेन्सको ट्रायल, परीक्षा स्थगित

सिन्धुली । बागमती प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालय, खुर्कोटले नियमित रूपमा सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । आगामी
समाचार

खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत करिब ६६ करोडको बजेट

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १७ औँ गाउँसभाको मार्फत बजेट र नीति–कार्यक्रम
समाचार

विशेषज्ञ चिकित्सक द्वारा निःशुल्क जाँच कार्यक्रममा ७५ जनाले लिए सेवा

रामेछाप । जिल्ला अस्पताल रामेछापले मानसिक तथा नसा रोग र नाक, कान, घाटी तथा थाईराईड सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले माघ महिनाको नियमित कार्यक्रम अन्तर्गत सो कार्यक्रम संचालन
समाचार

महिलावादी अनुपम अभियान २०८४ मा महिला, हुनुपर्छ पहिला

रामेछाप । रामेछापमा महिलावादी अनुपम अभियान सुरु भएको छ । अन्तर पुस्ता महिलावादी मञ्च (आईजीएफएफ) को देशव्यापी महिलावादी अनुपम अभियान अन्तर्गतको साझा कार्यक्रम रामेछापमा पनि सुरु भएको हो ।शनिवार रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *