समाचार

जनाताको आखाँमा छारो हाल्दै निर्माण व्यवसायी खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग गर्दै

रामेछाप । मन्थली–रामेछाप सडक मर्मत कार्य गुणस्तरहीन भएको पाइएको छ । मन्थली–रामेछाप सडक मर्मतको ठेक्का पाएको ठेकेदार कम्पनी शंकर–सिम्रन–प्रथमा जे.भि.ले मर्मत कार्यमा लापरबाही गरी गुणस्तरहीन काम गर्दै आएको छ ।
शंकर–सिम्रन–प्रथमा जे.भि.ले यती बेला मन्थली–रामेछाप सडक खण्डमा नाला मर्मत गर्ने, मेसिनरी वाल लगाउने लगायतको काम सुरु गरेको छ । निर्माण कम्पनीले नाला बनाउँदा खोलाको गेगर, कोसीको पाँगो माटो मिसिएको बालुवा प्रयोग गर्दे आएको छ । निर्माण कम्पनीले लगाएको मेसिनरी वालमा क्युरिङ समेत नगरेको पाइएको छ ।
काम सके पछि ठेकेदार तथा अरु कामदार फर्केर पनि नआएको र नाला मर्मतमा पानी १ पटक पनि नहालेको स्थानीय पुष्कर घिमिरेले बताए । उनले भने – ढलान तथा मेसिनरी वाल लगाए पछि त्यसमा पानी हाल्नु पर्ने हो । तर ठेकेदारले पानी एक पटक पनि हालेको छैन । सोलिङ गर्दा प्रयोग गरिने ढुंगा गुणस्तरको छैन । बालुवा पनि खोलाको गेगर, कोसीको पाँगो माटो भएको प्रयोग गरेको छ । ठेकेदारले अनुभवी कामदार प्रयोग गरेको छैन । ठेकेदारले जसरी हुन्छ काम चाँडो सकेर पैसा पचाउने सोच मात्र राखेको देखिन्छ ।
ठेकेदारले गुणस्तरहीन काम गरी नागरिकको आँखामा छारो हाल्न खोजेको स्थानीय एवम् प्राविधिक ध्रुव बुढाथोकी थप्छन् । उनी भन्छन् – बालुवा पनि माटो र गेगर मिसिएको छ । क्रसरको बालुवा प्रयोग गर्नुपर्ने हो ठेकेदार कम्पनीले । ठेकेदारले जे गरेनी हुन्छ भन्ने मानसिकताले काम गुणस्तरहीन भएको छ ।
बालुवा क्रसरबाट ल्याएर प्रयोग गरेको सुपरभाइजर शंकर कार्की बताउँछन् । मेसिनरीवालमा पानी पनि नियमित हाल्ने गरेको कार्कीको भनाई छ । तर खुल्ला आँखाले प्रष्ट देखिने कुरा के हो भने त्यहाँ प्रयोग गरेको बालुवा क्रसरको जस्तो कदापि देखिँदैन । र ठेकेदार कम्पनीले लगाएको मेसिनरीवाल सुकेर अख्रक्क परेको देखिन्छ ।
यता निर्माण व्यवसायीका प्रतिनिधि समेत आफूले राम्रो सामान प्रयोग गरेको बताउँछन् ।
सडक मर्मतमा गुणस्तरहीन सामान प्रयोग गरिएको पाइएमा अनुगमन गरेर विलमा कटाउने सडक डिभिजन कार्यालयका इन्जिनियर प्रदीप तामाङ बताउँछन् ।
प्राविधिक ज्ञान नभएको व्यक्तिले समेत कमसल देख्ने सामानलाई निर्माण व्यवसायीले गुणस्तरयुक्त देख्दा नागरिकले पत्याइदिनु पर्ने हो भने फरक कुरा हो ।होइन भने निर्माण व्यवसायीले देखादेखी कालोलाई सेतो भनेर जोगिन खोज्नु कदापि पाउँदैन ।
मन्थली रामेछाप सडक मर्मत अन्तर्गत करिब १२.८ किलोमिटरमा ओभर ले हुँदै छ । शंकर–सिम्रन–प्रथमा जे. भि.ले करिब ३ करोडमा ठेक्का पारेको हो । २०८१ जेठ मसान्तमा सकिनु पर्ने कामको प्रगति भने १० प्रतिशत मात्रै छ ।

Shares:

Related Posts

समाचार

रामेछापको विकास र जनजीवनका सवाललाई केन्द्रमा पु¥याउने प्रतिबद्धता

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठ (कुशल) ले रामेछापको विकास र जनजीवनका सवाललाई केन्द्रको निर्णय प्रक्रियासम्म प्रभावकारी रूपमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमवार मन्थलीमा
समाचार

नेपाल रेडक्रस रामेछापले ब्लड बैैंकका लागि सहयोग गर्न माग

रामेछाप । नेपाल रेडक्रस रामेछापले सञ्चालन गरिरहेको ब्लड बैकको लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गरेको छ । ब्लड बैङ्कका लागि आवश्यक पर्ने एउटा फ्रिज उपलब्ध गराउन रेडक्रसले वाग्मती प्रदेश
समाचार

काठमाडौँमै सामाजिक सुरक्षा भत्ता नवीकरणः १३५ जनाभन्दा बढी लाभान्वित

काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ६ रिष्ठेले काठमाडौँ क्षेत्रमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीहरूलाई लक्षित गरी शुक्रबार देखि काठमाडौँमा सञ्चालन गरिएको
समाचार

एक हप्ता देखि अवरुद्ध रहेको मन्थली –किर्ने –चरिकोट –काठमाडौँ सडक खुल्यो

रामेछाप १६ असोज । एक हप्ता देखि अवरुद्ध रहेको मन्थली –किर्ने –चरिकोट –काठमाडौँ सडक खुलेको छ । बुधवार रामेछाप जिल्लाका जन प्रतिनिधि र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *