समाचार

सरकारले सामाजिक सञ्जाल बन्द गर्नु लजास्पद कुरा –स्वर्णिम वाग्ले

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का उपसभापति एबं प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले बर्तमान सरकार समाजिक सञ्जाल वन्द गर्नृ गरि लजास्पद कुरा भएको बताए ।
आज शुक्रबार रामेछापको मन्थलीमा आयोजित पत्रकार भेटघाटका वाग्लेले कानुन वनाएर ति सामाजिक सञ्जालहरुको अनुगमन नियमन गर्नु पर्ने ठाँउमा सरकारले बढि विरोध भयो भनेर सरकारले गरेको यो गैरकानुनि काम लाई आफ्नो पार्टिले विरोध गरिरहने बताए ।
आधुनिक युगमा नैसर्गीक अधिकारनै बनिसकेको अवस्थामा सामाजिक सन्जाललाई नियमन गरि कानुनी ढंगवाट संचालन गर्नुुपर्ने अवस्थामा रातारात बन्द गर्ने निर्णय गुर्न ठुलो गल्ति भएको बताए ।
डिजिटल युगमा सामाजिक अभिव्यक्तिको स्वतन्त्रता अधिकारनै बनी सुचना प्रवाहमा अनलाईन माध्यम बाट उद्यम व्यवसाय गरेर वसेका लाखै जनतालाई असर गरेको बताए ।
उनले मुलुकमा दुइ ठुला पार्टिहरुको गठबन्धनमा वनेको सरकारले सरकार बनाउने वेलामा गरेको संविधान संसोधन, अर्थतन्त्त सुधार जस्ता प्रतिबद्धता केही पुरा गर्न नसेकेकोले यो सरकार असफल भइसकेको आरोप समेत लगाए ।
सो अवसमा प्याब्सन रामेछापका अध्यक्ष केशब तिमिल्सिना ले नीजिविद्यालयहरु आन्दोलनमा रहेको जानकारी गराउदै संसदमा पेश हुन लागेको निजि विद्यालय संग सम्बन्धित विधेयक पास हुन नदिन अनुरोध गरेका थिए ।
वाग्ले रामेछापको गोकुलगंगा गाउपालिकामा हुन लागेको पालिका स्तरीय अधिवेशनलाई सम्बोधन गर्न रामेछाप आइपुगेका हुन् ।

Shares:

Related Posts

राजनीति

ईश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन,

रामेछाप । रामेछाप जिल्लामा उपमेयर्स फोरम गठन गरिएको छ । स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूले मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतलाई फोरमको संयोजकत्व चयन गरेको छ ।मन्थली नगरपालिकामा भएको न्यायिक समितिको
अन्य

मन्थली शहिद स्मृति बहुुमुखी क्याम्पसको अध्यक्षमा–उज्वल

रामेछाप । गठवन्धनका उम्मेदवारलाई हराउँदै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार उज्वल सुवेदी विजयी भएका छन् । क्याम्पस संञ्चालक समितिको पदाधिकारीको लागि आइतवार भएको निर्वाचनमा
समाचार

सत्य बोल्दा पदबाट हटाए पनि डर छैन- राज्यमन्त्री तामाङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङलाई हटाउने कुरा सरासर गलत हुने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ
समाचार

२ महिनाका लागि कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुई महिना सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले विज्ञप्ति जारी गर्दै काठमाडौंको कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी तर्फको क्षेत्र,

Leave a Reply

Your email address will not be published. Required fields are marked *