राजनीतिसमाचार

ईश्वरी बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन,

रामेछाप । रामेछाप जिल्लामा उपमेयर्स फोरम गठन गरिएको छ । स्थानीय तहका उप–प्रमुख तथा उपाध्यक्षहरूले मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतलाई फोरमको संयोजकत्व चयन गरेको छ ।
मन्थली नगरपालिकामा भएको न्यायिक समितिको अन्तरपालिका स्तरीय बैठकमा बस्नेतको संयोजकत्व ८ सदस्यीय समिति गठन गरेको हो ।
फोरमको सहसंयोजकमा रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्की चयन भएकी छिन् । फोरमको सदस्यहरूमा सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट, दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापा मगर, गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषा कार्की, उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार, खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङ र लिखुतामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रिन चयन भएका हुन् ।
स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूले स्थानीय तहमा सम्पादन गर्ने कामहरूको अनुभव आदान प्रदान गर्ने मुख्य उद्देश्य राखेर फोरम गठन गरेको हो । फोरम गठन पश्चात् ‘न्यायिक सम्पादन, राजश्व संकलन, संघसंस्था समन्वय, अनुगमन जस्ता विषयगत समितिका कामहरूमा अन्य स्थानीय तहबाट अनुभवहरू बटुल्न सहज हुने मन्थली नगरपालिका उपप्रमुख एवम् फोरमका संयोजक बस्नेतले बताइन् ।

Shares:

Related Posts

समाचार

सेफ हाउस संचालकलाई राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश द्धरा अभिमुखीकरण

रामेछाप । राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशले मन्थलीमा हिंसा प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको उद्धार तथा पुनर्स्थापना सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सकेको छ । रामेछाप, सिन्धुली, दोलखा, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक
समाचार

रामेछाप नगर आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूलनारासहित रामेछाप नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । खेलकुदमार्फत विद्यार्थीको क्षमता पहिचान र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यसहित
समाचार

आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ प्रतियोगिता सुरु

रामेछाप । खाँडादेवी गाउँपालिकामा शुक्रवारबाट आठौँ राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आइटिएफ प्रतियोगिता सुरु भएको हो । रामेछाप तेक्वान्दो आइ टि एफ को आयोजना तथा खाँडादेवी गाँउपालिका र खाँडादेवी गाउँपालिका वडा नं
समाचार

मन्थली नगरपालिकाले सुरु गर्यो किसानका लागि २ दिने कृषि तथा लघु उद्यम प्रर्दशनी रामेछाप । मन्थली नगरपालिकाले मंगलवारबाट सदरमुकाम मन्थलीमा नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको आरम्भ गरेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *