समाचार

सत्य बोल्दा पदबाट हटाए पनि डर छैन- राज्यमन्त्री तामाङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङलाई हटाउने कुरा सरासर गलत हुने बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) वाग्मती प्रदेशको तेस्रो प्रादेशिक महाधिवेशन उद्घाटन कार्यक्रमलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै तामाङले राजनीतिक रूपले जुनसुकै विचार राख्ने भए पनि राम्रो काम गर्ने कर्मचारी भएको हिसाबले कूलमानलाई हटाउन नहुने बताए । आफूले यस अघि पनि यो कुरा गरेको बताउँदै तामाङले कुरा देशको हितका लागि गरेको दाबी गर्नुभयो । ‘काम गर्ने मान्छेको बचाउ गर्नुपर्छ, त्यसैले मैले कूलमानको पक्षमा बोलेको हो, सत्य बोल्दा पदबाट हटाए पनि डर छैन’, तामाङले बताए ।

कूलमान विद्युत् प्राधिकरणको काममा मरिमेटेर लागेको पनि तामाङले दाबी गरे । ‘मन्त्रालय स्पष्टीकरण सोधेको सोधकै छ, कूलमान काममा दौडिएको दौडिएकै छ, कूलमान कुन पार्टीको मान्छे हो म चिन्दिन, तर राम्रो काम गर्ने कर्मचारी हो, काम गर्ने कर्मचारीलाई निकाल्नु हुँदैन’, तामाङले बताए ।

तामाङले मन्त्री मन्त्रीको ठाउँमा र कर्मचारी कर्मचारीको ठाउँमा बस्नु पर्छ । ऊर्जा मन्त्री मन्त्रीको ठाउँमा नबसेको बारे म आफैँ सरकारको राज्य मन्त्री हुँदा पनि सरकारले गरेका कतिपय काम आफूलाई ‘कूलमान जागिर खाने कर्मचारी मात्र होइन, देशको लागि काम गर्ने मान्छे हो, जस्तो सुकै अप्ठेरो परे पनि म कूलमानको पक्षमा बोलिरहन्छु’, तामाङले बताए ।

तामाङले जनजातिलाई समस्या पर्दा सबै जनजाति एक ठाउँमा उभिनु पर्ने पनि बताए । जुनसुकै विचार र पार्टीमा रहे पनि जनजातिलाई समस्या पर्दा सबै जनजातिले सहयोग गर्नुपर्ने उहाँको धारणा छ ।

गत असोज महिनामा आएको बाढीले बिपी राजमार्गमा ठुलो क्षति भएको बताउँदै त्यसको मर्मतमा सरकारको ध्यान नपुगेको भन्दै असन्तुष्टि जनाए । आफूलाई कामको जिम्मा दिने हो भने आउने वर्षामा यातायात चल्ने गरी बाटो बनाउन सक्ने तामाङले दाबी गरे ।

अधिवेशनको उद्घाटन सत्रमा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ, फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राई लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Shares:

Related Posts

समाचार

उर्जा क्षेत्रमै उज्यालो पर्याप्त होइन, अब देशको नेतृत्व आवश्यक छः कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ऊर्जा क्षेत्रमा मात्र उज्यालो भएको पर्याप्त नभएको भन्दै समग्र देशलाई उज्यालो बनाउने जिम्मेवारी नेतृत्वको भएको बताएका
समाचार

बीपी राजमार्ग एक महिनाका लागि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुलीखण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ साढे ६ बजेदेखि बिहान
समाचार

तामाकोशी नदिमा महिला हाम फाल्दा बेपत्ता

दोलखा । जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. ५ तामाकोशीे पुल नजिक तामाकोशी नदिमा महिला हाम फाल्दा बेपत्ता भएकी छिन् । अन्दाजी ५०÷५५ वर्ष की महिला बाग्मती प्रदेश १००० छ ५६१७
समाचार

रामेछाप अस्पतालमा चिसो बढेसँगै विरामीको चाप

रामेछाप अस्पतालमा विरामीको चाप बढ्दो रामेछाप । रामेछाप अस्पतालमा चिसो बढेसँगै विरामीको चाप बढेको छ । आजभोली दैनिक विरामीको संख्या बढ्दो छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठका अनुसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *