समाचार

२ महिनाका लागि कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी


काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले दुई महिना सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले विज्ञप्ति जारी गर्दै काठमाडौंको कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी तर्फको क्षेत्र, बल्खु र चाबहिलस्थित सिफल चौर क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।
निषेधाज्ञा जेठ १९ गते देखि दुई महिना सम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ ।
सार्वजनिक स्थानमा अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू आयोजना गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएको भन्ने जनगुनासो समेतलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएको जनाइएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम काठमाडौंका यी क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

Shares:

Related Posts

समाचार

परियोजना कार्यान्वयन इकाई रामेछाप द्धरा अनुदानमा बोयर पाठापाठी र कृषियन्त्र वितरण

रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले बुधवार बोयरको पाठापाठी वितरण गरेको छ । जिल्लाभित्र नियमानुसार दर्ता भई संचालन भइरहेका बाख्रा जोनमा आबद्ध कृषि सहकारी, कृषक समूह,
समाचार

मोटरसाईकलको ठक्करबाट घाइते बालकको उपचारको क्रममा मृत्यु

रामेछाप । रामेछाप नगरपालिका वडा नं ८ मानेडाँडा भन्ने स्थानमा मोटरसाईकलको ठक्करबाट गम्भिर घाइते भएका ७ वर्षका बालक मुराज खानको मृत्यु भएको छ । उपचारका क्रममा धुलिखेल अस्पतालमा आइतबार विहान
समाचार

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँ

रामेछाप नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा दिदैँरामेछाप । रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरूमा पुगेर उपप्रमुख बालकुमारी कार्कीले
समाचार

शैलुङ पानीको फ्याक्ट्रीमा लगायो सिल, खाद्य प्रविधि तथा गुण नियन्त्रणले बिक्री वितरणमा रोक

उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी वर्षौँ देखि बजारमा बेचिँदै आएको अक्वा शैलुङ प्रशोधित पिउने पानी फ्याक्ट्री सिल गरिएको छ । सिल गरिएसँगै शैलुङ पानी बिक्री वितरणमा रोक लगाइएको छ । गत

Leave a Reply

Your email address will not be published. Required fields are marked *