समाचार

आज मुख्यमन्त्री बानियाँका बालमैत्री रामेछाप नगर घोषणा गर्न आउनु हुदैँ

रामेछाप । रामेछाप नगरपालिका (आज) शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा तयारीका सम्पूर्ण काम सम्पन्न भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत होम बहादुर थापाले जानकारी दिएका छन् । रामेछाप बजारका विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ भने नगरपालिका–८ को टुँडीखेलमा विशेष स्टेज बनाई आकर्षक ढंगले सजावट गरिएको छ ।
घोषणा समारोहका लागि मूल आयोजक समिति सहित १० वटा उपसमितिहरू गठन गरिएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा ३ हजारभन्दा बढी नागरिकको सहभागिता रहने अपेक्षा गरिएको छ ।
रामेछाप नगरपालिकाले २०७८ फागुन २ गतेदेखि बालमैत्री स्थानीय शासन अवलम्बन गर्दै बाल अधिकारका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको हो । यसअघि नगरपालिकाका सबै ९ वटा वडाहरू जेठ २७ गते एकैसाथ बालमैत्री घोषणा भइसकेका थिए । जिल्लामा यसअघि मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेको छ ।

Shares:

Related Posts

समाचार

एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित

रामेछाप । एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित भएका छन् । आन्दोलन स्वरूप शिक्षकहरूले शिक्षा तथा समन्वय इकाई रामेछापमा ज्ञापन पत्र बुझाएका छन् । उत्तर पुस्तिका परीक्षण बापतको रकम
समाचार

गोकुलगङ्गाका विद्यालय र कार्यालयहरुमा इ–हाजिरी

रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउँपालिकाले स्थानीय तहमा डिजिटल सुशासनको अभ्यासलाई अघि बढाउँदै गाउँपालिकाअन्तर्गतका वडा कार्यालय र स्वास्थ्य चौकीमा इ–हाजिरी प्रणाली लागू गरेको छ। गत मंसिर १ गतेदेखि लागू गरिएको उक्त
समाचार

मानव अधिकार एलाइन्स रामेछापको ५ औँ अधिबेशनबाट अध्यक्षमा सुमन बोहरा

रामेछाप पौष २६ । मानव अधिकार एलाइन्स रामेछापको अध्यक्षमा सुमन बोहरा सर्बसम्मत निर्बाचित भएका छन् । शुक्रबार भएको ५ औं जिल्ला अधिबेशन बाट अध्यक्षमा बोहरा निर्वाचित भएका हुन् । उपाध्यक्षमा
समाचार

आधुनिक कृषि साकोसको १४ औ वार्षिक साधारण सभा सम्पन्न

रामेछाप । आधुनिक कृषि साकोसले मन्थली स्थित समन्वय समितिमा १४ औ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साकोसको साधारण सभाको उद्घाटन जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चीना कार्की खड्काले

Leave a Reply

Your email address will not be published. Required fields are marked *