समाचार

परियोजना कार्यान्वयन इकाई रामेछाप द्धरा अनुदानमा बोयर पाठापाठी र कृषियन्त्र वितरण

रामेछाप । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रामेछापले बुधवार बोयरको पाठापाठी वितरण गरेको छ । जिल्लाभित्र नियमानुसार दर्ता भई संचालन भइरहेका बाख्रा जोनमा आबद्ध कृषि सहकारी, कृषक समूह, निजी फर्म र कम्पनीलाई परियोजनाले बोयर जातका पाठापाठी वितरण गरेको हो।
उन्नत जातको बाख्रा खरिदमा अनुदान सहयोग कार्यक्रम अन्तर्गत ११ वटा बोका र ३ वटा पाठी वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए । परियोजनाले बोयर पाठापानी परकेजी १ हजार ९५ रुपैयाँमा खरिद गरी ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरेको हो ।
परियोजनाले जोन तथा सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत कृषि सहकारी, कृषक समूह, फर्म तथा कम्पनीलाई कृषियन्त्र पनि वितरण गरेको छ । जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापा र जिल्ला समन्वय अधिकारी भुवनेश्वर लामिछानेले किसानलाई बोयर जातका पाठापाठी तथा कृषियन्त्र वितरण गरे ।
जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत ३३ वटा कम्बाइन मिल, २० वटा डिस्क मिल र ८ वटा च्यापकटर वितरण गरिएको परियोजना प्रमुख गैरेले बताए । कम्बाइन मिल परगोटा ३६ हजार ५ सय, डिस्क मिल २४ हजार ५ सय र च्यापकटर प्रतिगोटा ३३ हजार ५ सयमा खरिद गरी खरिद मूल्यको ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको हो ।
कृषकहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले बोयर जातको पाठापाठी वितरण गरेको जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमबहादुर थापाले बताए । किसान आर्थिक रुपले सम्पन्न भए मात्र देशमा समृद्धि आउने भन्दै अनुदानमा पाएको पाठापाठी मार्फत बाख्रा पालन व्यवसायलाई प्रवर्धन गरी आयआर्जन बढाउन अनुरोध गरे ।
कृषकहरूको लागि सरकारले सहुलियतपूर्ण कार्यक्रमहरू ल्याएकाले त्यसबाट भरिपूर्ण लाभ लिन रामेछापका जिल्ला समन्वय अधिकारी भुवनेश्वर लामिछानेले कृषकहरूलाई अनुरोध गरे ।
बाख्रा जोन कार्यक्रमले कृषकहरूको क्षमता वृद्धि भएको र बाख्रा जोन कार्यक्रम सञ्चालन भएपछि कृशहरूको आर्थिक आय वृद्धि भएको परियोजना प्रमुख गैरे बताउँछन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले वर्षेनी उन्नत जातको बाख्राका पाठापाठी वितरण गर्दै आएको छ ।

Shares:

Related Posts

समाचार

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलि घरघरमा बिरामीको परीक्षण गर्दै

रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थलीका चिकित्सक सहितका स्वास्थ्यकर्मी हिजोआज नागरिकका घर र बस्तीहरूमा भेटिन लागेका छन् । नागरिकलाई आयुर्वेदिक उपचार पद्धतिको महत्वको बारेमा जानकारी दिन तथा नसर्न रोगका
समाचार

परिवर्तनको एजेन्डा सहित ‘नयाँ शक्ति’को आवश्यकता : कुलमान घिसिङ

रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा उज्यालो नेपाल अभियानका संरक्षक कुलमान घिसिङले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेही नेतृत्व स्थापनाका लागि नयाँ राजनीतिक शक्ति उदय हुनु अपरिहार्य भएको धारणा
समाचार

नेपाल बाल संगठन रामेछापको अध्यक्षमा दोहोरिए घिमिरे

रामेछाप । नेपाल बाल संगठन, जिल्ला कार्य समितिको शुक्रवार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनले सुन्दर घिमिरेलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै आगामी कार्यकालका लागि पूर्ण समिति अनुमोदन गरेको
समाचार

सुनापति गाउँपालिका र मन्थली नगरपालिकाका द्धरा राहत सामाग्री हस्तान्तरण

रामेछाप । सुनापति गाउँपालिकाले राहत सामाग्री हस्तान्तरण गरेको छ । दोरम्बा शैलुङ गाउँपालिकामा गत शनिवार राति लेखर्कमा आएको पहिरो पिडितहरुको लागी सुनापति गाउँपालिकाले राहत सामाग्री हस्तान्तरण गरेको छ । अबिरल

Leave a Reply

Your email address will not be published. Required fields are marked *