समाचार

शैलुङ पानीको फ्याक्ट्रीमा लगायो सिल, खाद्य प्रविधि तथा गुण नियन्त्रणले बिक्री वितरणमा रोक

उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी वर्षौँ देखि बजारमा बेचिँदै आएको अक्वा शैलुङ प्रशोधित पिउने पानी फ्याक्ट्री सिल गरिएको छ । सिल गरिएसँगै शैलुङ पानी बिक्री वितरणमा रोक लगाइएको छ । गत ०७ गते सोमवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले शैलुङ पानीमा कैफियत देखिएकोले फ्याक्ट्री सिल गरेर बिक्री वितरण गर्न रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछाप, उद्योग तथा वाणिज्य कार्यालय, रामेछाप र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा मन्थली नगरपालिका वडा नं. १ स्थित शैलुङ्ग स्प्रिङ वाटर उद्योगको अनुगमन गर्दा उक्त उद्योगबाट उत्पादित प्रशोधित पिउने पानीको बोतल (१००० मि.लि.) मा लेबल विवरण अस्पष्ट भएको पाइएको थियो । लेबल विवरण अस्पष्ट भएको पाइए पछि जिल्ला भित्र र जिल्ला बाहिरका बजारहरूमा शैलुङ पानी बिक्रीको लागि रोकिएको हो । लेबल विवरण अस्पष्ट शैलुङ पानी बिक्रीको लागि पठाएको पाइएकोले उक्त पानी २०८१।०२।०९ गते (आज) सम्म फिर्ताल्याई सक्नु भनी कार्यालयले निर्देशन दिएको छ ।
उक्त उद्योगले उत्पादन गरेको शैलुङ पानी प्रयोग नगर्न तथा उद्योगबाट बिक्री गरेका पानी पसल ÷ फर्ममा फिर्ता लिन आएमा समेत खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीमा जानकारी दिन कार्यालयले अनुरोध गरेको छ ।
उपभोक्ताको स्वास्थ्यलाई ख्यालनै नगरी शैलुङ पानी बिक्री वितरण भएको छ भन्ने समाचार यस अघि पनि गन्तव्य टुडेले लेखि सकेको छ । गन्तव्य टुडेले ’अक्वा शैलुङ प्रशोधित पिउने पानी’ नाम मात्रैको प्रशोधित पिउने पानी हो भन्दा कुनै फरक पर्दैन । केही समय अगाडी ’अक्वा शैलुङ प्रशोधित पिउने पानी’को सिलप्याक गरेको बोटलको भित्र किरा कुदिरहेको अवस्थामा भेटिएको थियो । उपभोक्ताको स्वास्थ्यलाई ख्याल नै नगरी आफ्नो फाइदा मात्र हेर्ने यो पानी कम्पनी निर्बाध रूपमा चलिरहेको छ । गल्ती माथि गल्ती गर्दा पनि नियमक निकाय मौन छ । रमिता हेरिरहेको छ भनेर लेखेको थियो ।
शैलुङ स्प्रिङ वाटर ईन्ड्रस्टिका सञ्चालक रामबाबु गिरीको यस्तो हर्कत हुँदा समेत तालुक निकायले पटकपटक थोरै जरिवाना र अल्टिमेट दिएर छाडिदिने गरेको छ । पिउने पानी नागरिकको स्वास्थ्यमा प्रत्यक्ष जोडिन्छ । पानी सजीव जीवन आधारका लागि महत्त्वपूर्ण कुरा हो । तर, यही पानीमा बेइमानी र मनोमानीले गर्दा बेला–बेलामा समस्या पनि निम्तिने गर्छ ।
शैलुङ पानीलाई अनुगमन गरेको मितिले १५ दिन भित्र सबै कैफियत सुधार लागी खाद्यले भनेको छ । खाद्यले लेबल लगाउने मेसिन १५ दिन भित्र समेत सुधार नगरे फ्याक्ट्री सिल नै राख्ने बताएको छ ।

Shares:

Related Posts

समाचार

मन्थली बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसमा दङ्ग देवकुमारी

रामेछाप । मानिसलाई खुसी हुन ठुलो सफलता चाहिँदैन । कोही मानिस सानासाना कुरामा पनि खुसी हुन सक्छन् । आज देवकुमारी खत्री पनि खुसी छिन् । मन्थली बचत तथा ऋण सहकारी
समाचार

एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित

रामेछाप । एसइईको उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकहरू आन्दोलित भएका छन् । आन्दोलन स्वरूप शिक्षकहरूले शिक्षा तथा समन्वय इकाई रामेछापमा ज्ञापन पत्र बुझाएका छन् । उत्तर पुस्तिका परीक्षण बापतको रकम
समाचार

बीपी राजमार्ग एक महिनाका लागि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुलीखण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ साढे ६ बजेदेखि बिहान
समाचार

गोकुलगंगाकाका कागजात अब डिजिटल प्रविधि मार्फत सुरक्षित हुँदै

रामेछाप । वि.सं. २०७४ सालदेखि २०८१ असार मसान्तसम्म गोकुलगङ्गा गाउँपालिकामा सिर्जना भएका सम्पूर्ण सरकारी कागजात अब डिजिटल रूपमा सुरक्षित हुने भएका छन्। जेन्जी आन्दोलनका क्रममा अन्यत्रका गाउँपालिकासहित विभिन्न कार्यालयका कागजात

Leave a Reply

Your email address will not be published. Required fields are marked *