समाचार

माओवादी केन्द्र एक्लै चुनाव लड्छ’ भुषाल

रामेछाप । द्वन्द्वका समयमा सहिद भएकाहरूको सपना पुरा गर्न सहिदका परिवार तथा आफन्तहरूको सल्लाह सुझाव संकलन गरी सोही मर्म अनुरूप आगामी दिनमा अगाडी बढ्ने नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा पूर्व ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुषालले बताएकी छिन् । बिहीवार दोरम्बा शैलुङ गाउँपालिकाको दोस्रो सम्मेलनलाई तथा ३० औँ जनयुद्ध दिवसलाई संवोधन गर्दै भुषालले आगामी २०८४ को निर्वाचनलाई लक्षित गर्दै २०६४ को जनमतलाई पुनस्र्थापित गर्न जुझारुका साथ मतदाता समक्ष पुग्न नेता तथा कार्यकर्तालाई अनुरोध गरिन् ।


उनले भनिन् – अव २०६४ कै माओवादी बन्न पर्छ । नेकपा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गरेर वडा देखी केन्द्र सम्म जित्ने पार्टी बन्ने भन्ने संकल्प गरेका छौँ । २०८४ मा हामी एक्लै चुनाव लडेर, जितेर एक्लै सरकार बनाउन आउँछौँ ।


कार्यक्रममा बोल्दै भुषालले अहिलेको सरकार नीति नै बनाएर भ्रष्टाचार गरेको आरोप लगाएकी छिन् । उनले भनिन् – अहिलेको सरकारले इतिहास नै बिर्साएर भ्रष्टाचारको थालनी गरेको छ । भुषालले रवि लामिछानेको बचाउ गर्दै उनी माथि राजनीतिक प्रतिसोध साध्ने काम भएको समेत बताएकी छिन् । आफ्नो दलका मानिसहरूको बचाउमा लागेको अहिलेको सरकारले भ्रष्टाचारीलाई प्रशय दिएकोले यो बेतिथि सहेर बस्न नसकिने समेत उनले बताएकी छिन् ।


भ्रष्टाचारीलाई बचाउने, राजस्व छली गर्ने र जनताको आँखामा छारो हालेर यसरिनै सरकार अगाडी बढ्ने हो भने नेकपा माओवादी केन्द्र हेरेर नबस्ने समेत उनले बताएकी छिन् । उनले भनिन्– हामी अहिलेको सरकारका जानेवाला छैनौ । बाँकी समय निर्धक्क चलाउनुस् सरकार, तर सरकार संविधान अनुसार चल्न प¥यो ।


माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय इन्चार्ज श्याम कुमार श्रेष्ठ , केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य माननीय युवराज चौलागाँई, केन्द्रीय सदस्य सुनिता कुमारी गौतम, वैकल्पिक केन्द्रीय सदस्य तथा दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तान लगायत बत्ताहरूले आगामी निर्वाचनमा सबै एक जुट भई २०६४ को निर्वाचनको भन्दा राम्रो माओवादी बन्न नेता तथा कार्यकर्ताहरूमा अपिल गरेका थिए ।

Shares:

Related Posts

समाचार

पूर्वाधार विकास कार्यालयको कागजमा राजमार्ग, धरातमा धुलो

रामेछाप । जिल्लाको कोलन्जोरघाट–साँघुटार सडक मर्मतको कुरा फेरि पनि उठेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा स्थलगत निरीक्षणमा पुगे र उनले तत्काल सडक सञ्चालनयोग्य बनाउन निर्देशन दिए । स्थानीयलाई भने
समाचार

निशुल्क कफी वारिष्टा तालिम सुरु

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं.५ मा निशुल्क कफी वारिष्टा तालिम सुरु भएको छ । सामुदायिक विकास समाज मन्थलीद्वारा सञ्चालित व्यावसायिक सीप र कृषि तालिम मार्फत रोजगारी सिर्जना तथा
समाचार

संघीय कानुन हुदाँहुदै नगरपालिकाको कार्यविधिमा प्रधानाध्यापक नियुक्ति गर्दै

रामेछाप । शिक्षा नियमावली २०५९को नियम ९३ ले विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गरेको छ। तर मन्थली नगरपालिकाले संघीय कानुन सँग बाझ्ने गरी प्रधानाध्यापक व्यवस्थापन
समाचार

अध्यक्ष पाख्रिनद्वारा पदभार ग्रहण

रामेछाप । रामेछाप अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले पदभार ग्रहण गरेका छन् । उनले बुधवार पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाका

Leave a Reply

Your email address will not be published. Required fields are marked *