समाचार

लिखु तामाकोशी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रका लागी ५ सय २४ जनाले विवरण दर्ता गराए

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु र नँया सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई लक्षित गरी वडा वडामै पुगेर राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर संचालन गरेको छ । लिखु तामाकोशी गाउँपालिका, जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा लिखु तामाकोशी गाउँपालिकाका सबै सात वटै वडा र गाउँपालिकाको कार्यलय धोबीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन भएको हो । यही माघ ३ गतेदेखी गाउँपालिकाको वडा नं १ दुरागाउबाट शिविर सुरु भएको थियो । माघ ३ र ४ गते वडा नं १ दुरागाउँमा भएको शिविरमा पुरुष ७० जना र महिला ८० जना गरी जम्मा १५० जनाले राष्ट्रिय परिचयपत्रका लागी विवरण दर्ता गराएका छन् । वडा नं २ सैपु मा पुरुष ३१ जना र महिला ४३ जना गरी जम्मा ७४ जनाले विवरण दर्ता गराएका छन । वडा नं ३ काङ्वामा पुरुष २० जना र महिला २७ जना गरी जम्मा ४७ जनाले विवरण दर्ता गराएका छन । यसैगरी वडा नं ४ कोटगाउमा पुरुष ३० जना महिला ५६ जना गरी जम्मा ८६ जना,वडा नं ५ नागदहमा पुरुष १२ जना र महिला २२ जना गरी जम्मा ३४ जना, वडा नं ६ खिम्तीमा पुरुष १२ जना र महिला ३४ जना गरी जम्मा ४६ जना र वडा नं ७ तिल्पुङमा पुरुष १४ जना र महिला १९ जना गरी जम्मा ३३ जनाले राष्ट्रिय परिचयपत्रका लागी विवरण दर्ता गराएका छन । गाउपालिकाको कार्यालय धोबिमा पुरुष २१ ज्ना र महिला ३३ जना गरी जम्मा ५४ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराएको गाउँपालिकाको पन्जिकरण शाखा प्रमुख सिजन खड्काले जानकारी दिए छ ।

Shares:

Related Posts

समाचार

YCL मन्थली नगरको अध्यक्षमा केशव पाख्रिन चयन   रामेछाप । योङ्ग कम्युनिष्ट लिग नेपाल (YCL) को दोस्रो मन्थली नगर सम्मेलन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न सम्मेलनले नयाँ नगर समिति चयन
समाचार

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आउँदै मतपत्ररामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रामेछापले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको
समाचार

रामेछाप उद्योग वाणिज्य संघले माघ १६ देखि २६ सम्म प्रदर्शनी मेला गर्ने

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले जिल्लाको कृषि, उद्योग र पर्यटन प्रवर्धनको लागि कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी आयोजना गर्ने भएको छ । माघ १६ देखि २६ सम्म ११ दिने
समाचार

मन्थलीे नगर स्तरीय ८ औँे राष्ट्रपति रनिङ शिल्ड मन्थली माविले जित्यो

रामेछाप । मन्थली नगर स्तरीय ८ औँे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मन्थली माविले हात पारेको छ ।गएको बिहीबार देखि मन्थली मा वि को खेल मैदानमा भएको विभिन्न विधामा ६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *