समाचार

LISA मा लिखु गाउँपालिका ओखलढुंगामा पहिलो

ओखलढुंगा– ओखलढुंगा जिलाका १ नगरपालिका र ७ गाउँपालिकामा गरिएको स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा लिखु गाउँपालिका पहिलो बनेको छ । आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक गरेको स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा जिल्लामा एक नगरपालिका र ७ गाउँपालिका मध्ये लिखु गाउँपालिका ९५.५ अंक ल्याई पहिलो भएको हो ।

स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा अनुसार चम्पादेवी गाउँपालिका दोस्रो (९२.७५) , सिद्धिचरण नगरपालिका तेस्रो (८९.२५ ), चिशंखुगढी गाउँपालिका चौथो (८५ ), मानेभन्ज्याङ्ग गाउँपालिका पाँचाौँ (८२.५), सुनकोशी गाउँपालिका छैटौँ (८०), मोलुङ्ग गाउँपालिका सातौँ (७८.२५), र खिजीदेम्बा गाउँपालिका आठौँ (७४.७५ अंक) अर्थात अन्तिम बनेको छ ।


स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा १० वटा क्षेत्रका १ सय ११ वटा सुचक १०० पुर्णाङ्कमा मूल्याङ्कन गरिे सार्वजनीक गरेको हो । लिखु गाउँपालिकाका प्रवत्ता मोहन कार्कीका अनुसार ५ वर्षको मुल्यांकनमा आर्थिक वर्षमा २०७६÷०७७ मा ४६.५ अंक, २०७७÷०७८ मा ६७ अंक, २०७८÷०७९ मा ६२.२५ अंक, २०७९÷०८० मा ६३.७५ र गत वर्ष २०८०÷०८१ मा ९५.५ अकं ल्याई प्रथम हुनुमा विगत ५ वर्षमा गाउँपालिकाको प्रगति भएको बताए ।

Shares:

Related Posts

समाचार

पूर्वाधार विकास कार्यालयको कागजमा राजमार्ग, धरातमा धुलो

रामेछाप । जिल्लाको कोलन्जोरघाट–साँघुटार सडक मर्मतको कुरा फेरि पनि उठेको छ। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा स्थलगत निरीक्षणमा पुगे र उनले तत्काल सडक सञ्चालनयोग्य बनाउन निर्देशन दिए । स्थानीयलाई भने
समाचार

रामेछापको विकास र जनजीवनका सवाललाई केन्द्रमा पु¥याउने प्रतिबद्धता

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार श्यामकुमार श्रेष्ठ (कुशल) ले रामेछापको विकास र जनजीवनका सवाललाई केन्द्रको निर्णय प्रक्रियासम्म प्रभावकारी रूपमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमवार मन्थलीमा
समाचार

बीपी स्मृतिमा कांग्रेसभित्रै फरक चुलीस् गगनले सुरु गरे ुग्रीन रनु, संस्थापनइतरको प्रज्ञामा छुट्टै भेला

काठमाडौं — नेपाली कांग्रेसका संस्थापक एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा मंगलबार पार्टीभित्र फरक–फरक दृश्य र गतिविधि देखिएका छन्। एकतर्फ महामन्त्री गगनकुमार थापाले ललितपुरको यूएन
समाचार

रामेछाप नगर आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूलनारासहित रामेछाप नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । खेलकुदमार्फत विद्यार्थीको क्षमता पहिचान र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *