समाचार

अध्यक्ष पाख्रिनद्वारा पदभार ग्रहण

रामेछाप । रामेछाप अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले पदभार ग्रहण गरेका छन् । उनले बुधवार पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नवनियुक्त अध्यक्ष पाख्रिनलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नमुना अस्पताल बनाउने गरी काम गर्न आग्रह गरे । नगरपालिकाले गत वर्षहरूमा पनि अस्पताललाई धेरै सहयोग गरेको भन्दै उनले राम्रो कामहरूमा जहिले पनि सहयोग रहने बताए । सोही कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रवक्ता समीर कार्कीले रामेछाप अस्पताललाई अहिलेको स्थितिमा ल्याइपु¥याउन अध्यक्ष पाख्रिनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । पहिलो कार्यकालमा निकै राम्रो कामहरू भएको भन्दै उनले अस्पतालमा केही सामान्य विवादहरू रहेको र ती विवादहरूलाई चिर्नेगरी काम गर्न अनुरोध पनि गरे ।
सोही कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका वडा न ं ८ का वडाध्यक्ष सन्तोष कुमार तामाङले आफू पनि अस्पताल व्यवस्थापन समितिमा बसेर काम गरेको अनुभव रहेको बताए । उनले अध्यक्ष पाख्रिनको नेतृत्व शैली र काम गर्ने जोस अनि जाँगरको प्रशंसा गरे । अस्पतालमा कुनै पनि विवाद नआउने गरी उत्कृष्ट काम गर्न उनले अस्पतालका कर्मचारीहरूलाई आग्रह गरे ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले अध्यक्ष पाख्रिन र आफूहरू सबै कर्मचारीको सहकार्यले उत्कृष्ट अस्पताल बनाउन सफल भएको बताए । ५० बेडको अस्पताल बनाउने घोषणा भएको भएपनि कार्यान्वयनमा आउन नसकेको भन्दै यसको कार्यान्वयनमा अध्यक्ष पाख्रिनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘कैयौँ पटक अस्पतालको विकासको लागी आफ्नै खर्चमा अध्यक्ष ज्यु र म मन्त्रालय धाएका छौँ । फेरी पनि अस्पतालले उहाँ जस्तो अध्यक्ष पाएकोमा हामी खुसी र हर्षित छौँ ।’ उनले भने ।
पदभार ग्रहण गर्दै अध्यक्ष पाख्रिनले ५ वटा महत्त्वपूर्ण निर्णय तथा प्रतिबद्धताहरू व्यक्त गरे । उनले विद्युत् व्याकपको दिगो समस्याको समाधानको लागी सम्बन्धित निकायहरूसँग समन्वय गरी अस्पतालको प्रणालीलाई धान्न सक्ने सौर्य विद्युतको व्यवस्थापन गर्ने र मन्थली सवस्टेशनबाट अस्पतालको लागी फिडरको प्रक्रिया अघि बढाउने निर्णय तथा प्रतिबद्धता जनाए ।
स्वीकृत दरबन्दी र त्यही अनुसारको विशेषज्ञ सेवाहरू उपलब्ध गराउन पहल गर्ने निर्णय पनि गरे । स्वीकृत ५० बेडको अस्पतालको लागी आवश्यक भौतिक संरचनाको डिपिआर तयार गरी सम्बन्धित निकायबाट स्वीकृत गराई बजेट व्यवस्थापनको लागी पहल गर्ने साथै अस्पताल परिसरको कम्पाउन्ड वालको लागी बजेटको व्यवस्थापन गराउन पहल गर्ने निर्णय गरे । यसैगरी अस्पताल परिसरमा रहेका आगलागीको जोखिम रहेको सल्लाको रुखहरूको व्यवस्थापन गर्ने समेत निर्माण भएको छ । अस्पतालमा फिजियोथेरापी सेवा विस्तार गरी संचालन गर्ने निर्णय तथा प्रतिबद्धतामा अध्यक्ष पाख्रिनले हस्ताक्षर गरे । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीपरिषद्को यही पौष ७ गतेको निर्णय अनुसार रामेछाप अस्पताल रामेछापको अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पाख्रिन नियुक्त भएका हुन । यस भन्दा अघि पनि पाख्रिनले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिसकेका छन् ।

Shares:

Related Posts

समाचार

नेपाल रेडक्रस रामेछापले ब्लड बैैंकका लागि सहयोग गर्न माग

रामेछाप । नेपाल रेडक्रस रामेछापले सञ्चालन गरिरहेको ब्लड बैकको लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गरेको छ । ब्लड बैङ्कका लागि आवश्यक पर्ने एउटा फ्रिज उपलब्ध गराउन रेडक्रसले वाग्मती प्रदेश
समाचार

प्रधानमन्त्री ओलीलाई अङ्ग्रेजी नआएर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नुभएको होइन–महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी शब्द नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको दाबि गरेका छन् । शुक्रबार फेसबुकमा एक
समाचार

बृहत् रामेछाप महोत्सव ११ लाख बढी घाटामारामेछाप । रामेछाप उद्योग वाणिज्य संघ मन्थली ११ लाख बढी घाटामा रहेको छ । संघले गत पुष २६ देखि माघ ७ गते सम्म आयोजना
समाचार

मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त घोषणा रामेछाप । जिल्लाका ८ वटा स्थानिय तह मध्ये मन्थली नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्नेमा पहिलो भएको छ । बुधबार(आज) बागमती प्रदेशका सामाजिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *