समाचार

आरान व्यवसाय गरेका व्यवसायीहरुलाई सुनापती ३ द्वारा आधुनिक उपकरण हस्तान्तरण

रामेछाप। सुनापती गाउँपालिका–३ ले परम्परागत ढाँचामा सञ्चालन हुँदै आएका आरान व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले छ जना व्यवसायीलाई विभिन्न उपकरण हस्तान्तरण गरेको छ।
वडाभित्र लामो समयदेखि पुरानै शैलीमा आरान व्यवसाय सञ्चालन गर्दै आएका ६ जना व्यवसायीलाई जनही एक–एक थान वेल्डिङ मेसिन, कटिङ मेसिन र ब्लोवर मेसिन प्रदान गरिएको वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयका अनुसार आधुनिक उपकरणको प्रयोगबाट व्यवसाय सञ्चालन सहज हुने, सेवाको गुणस्तर सुधारिने तथा उत्पादन क्षमता वृद्धि हुने अपेक्षा गरिएको छ। स्थानीय स्तरमै दक्ष सेवा प्रवाह गर्न र आरान व्यवसायलाई प्रतिस्पर्धी बनाउन उपकरण वितरण कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कुल बहादुर थिङ ले आरान व्यवसायीलाई प्रविधिमैत्री बनाउने प्रयासअन्तर्गत उपकरण हस्तान्तरण गरिएको बताए। उनले निकट भविष्यमा पनि आरान व्यवसायको प्रवर्द्धन तथा व्यवसायीलाई थप टेवा पुग्ने कार्यक्रम ल्याइने जानकारी दिए।
स्थानीय व्यवसायीहरूले आधुनिक उपकरण प्राप्त भएपछि काम गर्न सहज हुने, समय र श्रमको बचत हुने तथा सेवाको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरेका छन्।

Shares:

Related Posts

समाचार

हाड जोर्नी सम्बन्धी शिविरमा ८६ जनाले लिए सेवा

रामेछाप । मन्थली अस्पतालमा हाड जोर्नी रोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरू सहितको शिविरमा ८६ जनाले सेवा लिएका छन् । मन्थली अस्पतालमा वैशाख २८ गते शुक्रवार (हिजो) डा.इवामुरा मेमोरियल अस्पताल भक्तपुरको विशेषज्ञ
समाचार

खाँडीबाट फर्केर खेती किसानीमा लागे कुलबहादुुर

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं.– १ को गर्जाङ गाउँको माटोमा खेल्दै परिवारसँग रमाइरहेका कुलबहादुर खड्काले घरपरिवारको आर्थिक स्थिति सपार्ने सपना देखे र कामको खोजीमा लागे खाँडी मुलुक तिर
समाचार

रामेछाप जिल्लाका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा

रामेछाप । संघीय बजेटमार्फत सुनचाँदी गहनामा लगाइएको २ प्रतिशत ’विलासिता कर’ खारेजको माग राख्दै रामेछाप जिल्लाका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछाप शाखा तथा कालिगढ
समाचार

बचतकर्ताको पैसामा मेरो माइक्रोफाइनान्सको कब्जा, फिर्ता मागेको १८ महिनासम्म भएन बचत फिर्ता

रामेछाप । गरिबको घरदैलोमा बैंकिङ सेवा भन्ने नारा बोकेर गाउँ पसेका लघुवित्तहरू कसरी सर्वसाधारणको रगत चुस्ने संयन्त्र बनिरहेका छन् भन्ने एउटा चित्र रामेछापको मन्थलीमा सार्वजनिक भएको छ। मेरो माइक्रोफाइनान्स लघुवित्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *