समाचार

पुर्ण रुपमा चार घर सहित हावाहुरीका कारण एक दर्जन घरमा क्षति

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँमा हावाहुरीले क्षति पु¥याएको छ । शनिबार दिउँसो आएको तीव्र गतिको हावाहुरीका कारण एक चर्च र तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने अन्य आठ घरमा आंशिक क्षति पुगेको छ ।
वडा अध्यक्ष प्रदीप तामाङका अनुसार हावाहुरीले दुरागाउँस्थित साब्रा सालमएजी चर्च विल्डिङको छानो उडाउनुका साथै संरचनामा पूर्ण क्षति पु¥याएको छ । यस्तै, स्थानीय प्रेम बहादुर खड्का, विश्वराज सुनुवार र भक्तमाया सुनुवारको घरको छानो उडाउँदा घरहरू बस्न नहुने गरी क्षतिग्रस्त भएका छन् ।
“दिउँसोको समय भएकाले मानिसहरू कामको सिलसिलामा घर बाहिर थिए, जसका कारण मानवीय क्षति हुन पाएन,“ अध्यक्ष तामाङले भने, “तर भौतिक रूपमा ठूलो नोक्सानी भएको छ । पूर्ण क्षति भएका घरबाहेक अन्य ८ वटा घरमा आंशिक क्षति पुगेको विवरण प्राप्त भएको छ ।“
हावाहुरीले लिखुतामाकोशीमा मात्र नभई जिल्लाका अन्य स्थानमा पनि क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सदरमुकाम मन्थलीस्थित प्रहरी कार्यालयको आफ्नै ट्रस्टमा क्षति पुगेको छ । यस्तै, गोकुलगंगा गाउँपालिका–१, शिवालयमा पनि केही घरहरूको छानो उडाएको प्रहरीले जनाएको छ ।
अचानक आएको विपत्तिपछि स्थानीय तहले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । घरबारविहीन भएका परिवारहरू अहिले छिमेकी र आफन्तकोमा ओत लाग्न बाध्य भएका छन् । राहत र पुनःस्थापनाका लागि पीडितहरूले माग गरेका छन् ।

Shares:

Related Posts

समाचार

रामेछापको शिव आधारभूत विद्यालयका बालबालिकाले आफ्नै खाजा खर्च कटाएर जुटाए राहत

रामेछाप । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विस्थापित बनेका बाढीपीडितका लागि देश–विदेशबाट सहयोग उठ्ने क्रम जारी छ । विपत्तिको यो घडीमा दुर्गम ग्रामीण भेगका बालबालिका तथा अभिभावकहरूले समेत ऐक्यबद्धता
समाचार

फोनिज रामेछापले मनायो २६ औं स्थापना दिवस, दुई पत्रकार सम्मानित

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले २६ औं स्थापना दिवसको अवसरमा दुई वरिष्ठ पत्रकारलाई नगदसहित सम्मान गरेको छ। शनिबार मन्थलीमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति र खोज पत्रकारितामा
समाचार

रामेछापमा एक महिलाको बेवारिसे शव फेला

रामेछाप । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं.६ र गोकुलगंगा गाउँपालिका वडा नं. ६ को सिमाना हुदै बग्ने छतिउन खोलाको माथिल्लो छाँगो स्थितमा पानीको सतहमा महिलाको शव भेटिएको जिल्ला प्रहरी
समाचार

मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले स्वास्थ्य क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा पार गरेको छ। नगरभित्रका जन्मिनेदेखि ५९ महिना (५ वर्ष) सम्मका कुनै पनि बालबालिका खोप पाउनबाट बञ्चित नभएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *