समाचार

सकियो कृषि तथा लघु उद्यम प्रदर्शनी

रामेछाप पौष १८ । जिल्लाको मन्थली नगरपालिकाको आयोजनामा दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला बुधवार सम्पन्न भएको छ । मंगलवार ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले उद्घाटन गरेका दुई दिने मेला बुधवार समापन गरे ।
५३ वटा स्टल रहेको प्रदर्शनीमा कृषक तथा उद्यमीहरूले बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य चिया कफी मसला बाली नर्सरी फलफूल, कन्दमूल लगायतका उपज राखेका थिए । मेलामा मन्थली नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन भएका बाली तथा उत्पादन प्रदर्शनीमा राखिएको थियो ।
मेलामा खसी, बोका, अन्डा र दूधजन्य उत्पादनहरू, ढाका, साबुन, सरफ, बाँसबाट बनाइएका सामाग्रीहरू होजियारी, दुना टपरी, जुस लगायत प्रदर्शनीमा राखिएको थियो ।
मन्थली नगरपालिकाका १४ वटा वडाका किसानलाई कम्तीमा एउटा वडा बराबर एउटा सटर मन्थलीमा उपलब्ध गराउन सके कृषि उपज बिक्री गर्न सहज हुने ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले बताए ।
कृषिलाई व्यवसायीकरण गर्न नसक्दा युवा पलायन भएको र जग्गा बाँझो हुने क्रम बढेकोले त्यसलाई रोक्न सबैको सहकार्य आवश्यक रहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताए।
कार्यक्रममा १० जना उत्कृष्ट किसानलाई नगद ५ हजार २५ रुपैयाँका दरले पुरस्कृत गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ, विभिन्न राजनीतिक दलका नेताहरू लगायतको सहभागिता थियो ।

Shares:

Related Posts

समाचार

खाँडादेवी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत करिब ६६ करोडको बजेट

रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न १७ औँ गाउँसभाको मार्फत बजेट र नीति–कार्यक्रम
समाचार

लिखु तामाकोशी गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाद्वारा चालु आ.व २०८१÷०८२ को दोस्रो चौमासिक अवधि सम्म प्रवाह भएको सार्वजनिक सेवा सुविधाको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई शुक्रवार धोबीबजारमा सम्पन्न भएको छ । लिखु तामाकोशी
समाचार

गोकुलगंगा गाउँपालिकाको १६ औँ अधिवेशन सम्पन्न चालु खर्च ३५.७२ प्रतिशत रामेछाप । रामेछापको गोकुुलगंगा गाउँपालिकाको गाउँ सभा तथा भएको छ । गाउँपालिकाको सभा हलमा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)
अन्य

विद्युत सर्ट भएर पौडेलको घरमा आगलागि

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका चन्द्रबहादुर पौडेलको घरमा विद्युत सर्ट भएर आगलागि भएको छ । आगोबाट पौडेलको घर पुरै नष्ट भएको छ ।शनिबार साँझ विद्युत सर्ट भएर

Leave a Reply

Your email address will not be published. Required fields are marked *