समाचार

गोकुलगंगा गाउँपालिकाको १६ औँ अधिवेशन सम्पन्न चालु खर्च ३५.७२ प्रतिशत

रामेछाप । रामेछापको गोकुुलगंगा गाउँपालिकाको गाउँ सभा तथा भएको छ । गाउँपालिकाको सभा हलमा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले चालु आर्थिक वर्षको हालसम्म भएको कामहरूको प्रगति बारेमा जानकारी गराए ।
उनले चालु आवको पाँच महिनामा भएको कामहरूको बारेमा गाउँ सभामा जानकारी गराए । चालु आवको कुल विनियोजित रकम रु ५४ करोड ५६ लाख १४ हजार ४ सय ५१ रहेकोमा चालु आवको पौष २४ गतेसम्म रु १३ करोड ५६ लाख ६२ हजार १ सय ३१ रुपैयाँ मात्र खर्च भएको छ । जुन कुल विनियोजन बजेटको २४.८७ प्रतिशत रहेको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष उषादेवी कार्कीले बताइन् । गाउँपालिकाको समग्र खर्च प्रतिशतलाई हेर्दा चालु खर्च तर्फ ३५.७२ प्रतिशत र पुँजीगत खर्च तर्फ ७.२५ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।
हालसम्म पालिकाको आर्थिक विकास तर्फ ३.४६ प्रतिशत,सामाजिक विकास तर्फ ३७.९२ प्रतिशत,पूर्वाधार विकास तर्फ ८.९२ प्रतिशत,सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ९.१ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा ३४.८१ प्रतिशत खर्च भएको छ । राजश्व आम्दानी तर्फ चालु आ÷व मा अघिल्लो आ÷व को मौज्दात सहित ३ करोड ९७ लाख ८१ हजार ३ सय ५० रुपैयाँको लक्ष्य राखिएकोमा हालसम्म २ करोड २५ लाख ९० हजार ४ सय ८६ रुपैयाँ राजश्व उठेको बताइएको छ ।
गाउँ सभाबाट चालु आर्थिक वर्षको हालसम्म भएको कामहरूको प्रगति प्रतिवेदन र संशोधित अनुमान सहितको बजेट पनि पारित भएको छ । संवृद्ध गोकुलगंगा गाउँपालिका बनाउने गरी विकासका कामहरू भइरहेको गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले बताए । यसको लागी सबैको भूमिका महत्त्वपूर्ण हुने उनको भनाई छ ।

Shares:

Related Posts

समाचार

नुहाउने क्रममा लिखुकोशिमा डुबेर एक किशोरको मृत्यु

लिखुकोशिमा पर्ने जलजले वेसीमा नुहाउने क्रममा पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ । बिहिबार दिउँसो १२ः १५ बजे नुहाउदै गर्दा रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम
समाचार

आगो लगाउनेलाई पक्रन प्रहरीले खटायो ‘विशेष टोली’

रामेछाप । जिल्लाका विभिन्न स्थानमा सुनियोजित रूपमै डढेलोका घटनाले आतङ्कित बनाएपछि नियन्त्रण गर्न रामेछाप प्रशासन र प्रहरीले विशेष टोली खटाएको छ ।बाक्लो मानव बस्ती रहेका क्षेत्र आसपास नै तीव्र रूपमा
समाचार

जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष महत दुरागाउँमा, जनता भए खुशी

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको दुरको गाउँ भनेर चिनिने दुरागाउँमा जनतासँग जनप्रतिनिधि कार्यक्रम लिएर पालिका अध्यक्ष पुगेपछि दुरागाउँवासी खुसी व्यक्त गरे । आफ्नो वडामा यो भन्दा अगाडी यस्तो पालिका स्तरीय
समाचार

अघिल्लो जनप्रतिनिधिले बाँढेका अनुदान पचाए जसरी अब सर्लक्कै पचाउन दिने छैनौँ – अध्यक्ष काजीबहादुर

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले आगामी आर्थिक वर्ष २०८१÷८२ मा व्यवस्थित कार्यविधि बनाई अनुदानका कार्यक्रमहरू सुचारु गरिने बताएका छन् । शुक्रवार पालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा

Leave a Reply

Your email address will not be published. Required fields are marked *