समाचार

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री

रामेछाप । नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका नेताहरूले विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री दिएका छन् । उनीहरूले व्यक्तिगत आर्थिक लगानीमा पालिका भित्रका एक सय भन्दा बढी विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष केशव महत, वडाअध्यक्ष रोम तामाङ र दीपक पुलामी मगर, जिल्ला पार्टी सल्लाहकार कृष्ण महतसहितको उपस्थितिमा पालिकाको कैलेश्वर आधारभूत विद्यालय , लालिगुरास क्षेरिङ आधारभूत विद्यालय , रणजित आधारभूत विद्यालय, सेतीदेवी आधारभूत विद्यालय, र रुपादेवी आधारभूत विद्यालयका स–साना विद्यार्थीहरूलाई स्विटर, टोपी, ट्याक्सुट्, कपी र पेन्सिल प्रदान गरिएको नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका पार्टी सभापति सुन्दर खड्काले बताए।
पालिकाको वडा नं ५ का टेकबहादुर तामाङले सोही वडाका ४ वटा विद्यालयका १ सय २० जना बालबालिकालाई र नेता त्रिविक्रम महत र रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति सुवास दाहालले ४ नम्बरकै रुपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग प्रदान गरेका हुन् । टेकबहादुरले कैलेश्वर आधारभूत विद्यालय, लालीगुराँस आधारभूत विद्यालय, रणजित आधारभूत विद्यालय, र सेती देवी आधारभूत विद्यालयका विद्यार्थीलाई व्यक्तिगत लागतमा १ सय २० जना विद्यार्थीलाई सामाग्री दिएका हुन् ।

Shares:

Related Posts

समाचार

गोकुलगङ्गाका विद्यालय र कार्यालयहरुमा इ–हाजिरी

रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउँपालिकाले स्थानीय तहमा डिजिटल सुशासनको अभ्यासलाई अघि बढाउँदै गाउँपालिकाअन्तर्गतका वडा कार्यालय र स्वास्थ्य चौकीमा इ–हाजिरी प्रणाली लागू गरेको छ। गत मंसिर १ गतेदेखि लागू गरिएको उक्त
अन्य

जिल्लामा ठूलो बजेट प्रस्तुत गर्ने मन्थली नगरपालिका, १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत १ अर्ब बढीको बजेट

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले १७ औँ अधिवेशन बाट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिका उपप्रमुख बस्नेतले आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब ४ करोड ६५ लाख
समाचार

नेकपा रामेछापले सुरु गर्यो चुनावी प्रचार

रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले आइतबारदेखि आगामी निर्वाचनका लागि औपचारिक चुनावी प्रचार कार्यक्रम थालेको छ। पार्टीले पहिलो दिन लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ६ खिम्ती र ७ तिल्पुङ्मा
समाचार

रामेछाप नगर आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूलनारासहित रामेछाप नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । खेलकुदमार्फत विद्यार्थीको क्षमता पहिचान र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यसहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *