समाचार

सकियो कृषि तथा लघु उद्यम प्रदर्शनी

रामेछाप पौष १८ । जिल्लाको मन्थली नगरपालिकाको आयोजनामा दुई दिने कृषि तथा लघु उद्यम प्रदर्शनी मेला बुधवार सम्पन्न भएको छ । मंगलवार ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले उद्घाटन गरेका दुई दिने मेला बुधवार समापन गरे ।
५३ वटा स्टल रहेको प्रदर्शनीमा कृषक तथा उद्यमीहरूले बालीतर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य चिया कफी मसला बाली नर्सरी फलफूल, कन्दमूल लगायतका उपज राखेका थिए । मेलामा मन्थली नगरपालिकाभित्र उत्पादन तथा प्रशोधन भएका बाली तथा उत्पादन प्रदर्शनीमा राखिएको थियो ।
मेलामा खसी, बोका, अन्डा र दूधजन्य उत्पादनहरू, ढाका, साबुन, सरफ, बाँसबाट बनाइएका सामाग्रीहरू होजियारी, दुना टपरी, जुस लगायत प्रदर्शनीमा राखिएको थियो ।
मन्थली नगरपालिकाका १४ वटा वडाका किसानलाई कम्तीमा एउटा वडा बराबर एउटा सटर मन्थलीमा उपलब्ध गराउन सके कृषि उपज बिक्री गर्न सहज हुने ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले बताए ।
कृषिलाई व्यवसायीकरण गर्न नसक्दा युवा पलायन भएको र जग्गा बाँझो हुने क्रम बढेकोले त्यसलाई रोक्न सबैको सहकार्य आवश्यक रहेको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले बताए।
कार्यक्रममा १० जना उत्कृष्ट किसानलाई नगद ५ हजार २५ रुपैयाँका दरले पुरस्कृत गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, वाग्मती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठ, विभिन्न राजनीतिक दलका नेताहरू लगायतको सहभागिता थियो ।

Shares:

Related Posts

समाचार

वसन्त पञ्चमीको दिन उमाकुण्डका विद्यालयमा फुड फेस्टिबल

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकाले वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर विद्यालयहरुमा फुड फेस्टिबल कार्यक्रम गरिएको छ। विद्यार्थीको सिर्जनशीलता, व्यवहारिक ज्ञान र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको
समाचार

लिखुतामाकोशीको बार्षिक समिक्षा आ.ब. ०८१/०८२ मा ७३.२६ प्रतिशत खर्च

रामेछाप । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको आर्थिक बर्ष ०८१/०८२ मा भएका काम, सेवा प्रवाह र कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन भएको छ । गाउँपालिकाले कुल बजेटको ७३.२६ प्रतिशत रकम
समाचार

अध्यक्ष पाख्रिनद्वारा पदभार ग्रहण

रामेछाप । रामेछाप अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले पदभार ग्रहण गरेका छन् । उनले बुधवार पदभार ग्रहण गरेका हुन् ।पदभार ग्रहण कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप नगरपालिकाका
समाचार

सन्तोष तामाङको वडामा ५९० घरधुरीको निशुल्क स्वास्थ्य बिमा, स्थानीय निर्वाचनमा नागरिकसँग गरेको वाचा पुरा

रामेछाप । रामेछाप नगरपालिका–८ ले ‘स्वस्थ वडा, सुखी नागरिक’ को लक्ष्यलाई साकार पार्दै सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा समेटेर उल्लेखनीय उपलब्धि हासिल गरेको छ। वडाअध्यक्ष सन्तोष कुमार तामाङको नेतृत्वमा सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *